एटिआरका ठूला जहाज थप्दै बुद्ध एयर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 23, 2021 | 05:41:26 PM मा प्रकाशित

laxmi  sunrise bank

बुद्ध एयरले जहाज थप गर्ने भएको छ। कोरोनाको लकडाउन खुलेको करिब ४ महिनापछि बुद्ध एअरले एटिआर–७२ जहाज ल्याउन लागेको हो।बुद्धले ल्याउने जहाज आज बेलुका नै काठमाडौं विमानस्थलमा अवतरण हुने कार्यतालिका रहेको छ।

आन्तरिक हवाइ बजारको ठुलो हिस्सा ओगटेको बुद्धले काठमाडौं बाहिरका विमानस्थलबाट बिहानको उडानलाई छिटो छरितो बनाउने योजना अनुसार उक्त जहाज थप्न लागेको हो। 

नेपालभरका १५ भन्दा बढी गन्तव्यमा दैनिक चार दर्जन बढी उडानबाट औषत चार हजार यात्रु बोकिरहेको बुद्धले अझै अर्को जहाज ल्याउने योजना बनाएको छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved