बक्यौता बाँकि रहेका कम्पनी खोज्दै क्यान, सम्पर्कमा नआए संचालकलाई कालोसूचीमा राखिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 08, 2021 | 11:17:31 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) ले विगत लामो समयदेखि बन्द भएका वायुसेवा कम्पनीका सञ्चालकको खोजी थालेको छ । क्यानले तत्कालीन समयमा अन्तराष्ट्रिय तथा आन्तरिक उडानमा प्रयोग भएको ११ वटा वायुसेवा कम्पनीले सरकारलाई बुझाउनुपर्ने बक्यौता रकम नबुझाएपछि सञ्चालकको खोजी गर्न सूचना प्रकाशन गरेको छ । 

आईतबार क्यानले सार्वजनिक सूचना प्रकाशन गर्दै लामो समयदेखि बन्द रहेका ११ वटा वायुसेवा कम्पनीका तत्कालीन सञ्चालकलाई बक्यौता रकम सहित ३० दिन अर्थात एक महिनाभित्र सम्पर्कमा आउन आग्रह गरेको छ । 

उक्त सूचनामा भनिएको छ, ‘३० दिनभित्र बक्यौता रकम र नियमानुसार लाग्ने जरीवाना शुल्क बुझाउँन वा बक्यौता रकम फरक परेमा आवश्यक प्रमाणसहित सम्पर्कमा आउन सक्नुहुन्छ । यदि तोकिएको समयमा रकम बुझाउन नआएमा सञ्चालक, एकाघरका परिवार र जमानी बस्नेहरुको जायजेथाबाट सरकारी बाँकी सरह असुल उपर गरिनेछ ।’

उक्त सूचना अनुसार नेकोन एयर, शिवानी एयर, अल्पाईन एयर, गोरखा एयर, कर्णाली एयर, माउण्टेन एयर, कस्मिक एयर, सांग्रिला एयर, स्काईलाईन एयरवेज, एयर काष्ठमण्डप र नेपाल एयरवेज रहेका छन् । ११ वटा कम्पनी मध्येमा सबैभन्दा धेरै बक्यौता रकम नेकोन एयरको रहेको छ । उक्त एयरको बक्यौता रकम ४ करोड ७० लाख ६० हजार ७ सय ५५ रहेको छ । 

नेकोन पछि कस्मिक एयरको ३ करोड ४७ लाख ५८ हजार, शिवानी एयरको ५५ लाखा ५१ हजार, गोरखा एयरको २० लाखा ३५ हजार रहेका छन् । 

लामो समयसम्म बन्द भएका वायुसेवा कम्पनीले बक्यौता रकम नबुझाएपछि ३० दिनभित्र सम्पर्कमा आउन सार्वजनिक सूचना जारी गरिएको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल कार्यालयका महानिर्देशक प्रताप तिवारी बताउँछन् । 

‘सुरुवाती चरणमा हामीले एक महिनाको अबधि राखेर सम्पर्कमा आउन आग्रह गरेका हौँ, एक महिनाभित्र सम्पर्कमा नआए वायुसेवा कम्पनीलाई कालोसूचिमा राख्दै सञ्चालकको सम्पत्ति रोक्का गछौँ’, उनले भने । 

तिवारी विमानस्थलको महाप्रबन्धमा नियुक्त भएसगैँ लामो समयदेखि बन्द भएका उक्त वायुसेवा कम्पनीको बक्यौता रकम उठाउन लागि परेका छन् । हाल आन्तरिक वायुसेवा कम्पनीदेखि नेपालमा उडान बन्द गरेका अन्तराष्ट्रिय वायुसेवा कम्पनीहरुले रकम बुझाएका छैनन् । उडान बन्द भएका वायुसेवा कम्पनीहरुलाई पत्राचार गरेर रकम बुझाउन निर्देशन दिईएको उनी बताउँछन् । 

उनका अनुसार अन्तराष्ट्रिय वायुसेवाको बक्यौता रकम उठाउँन कुटनितिक निकायको समेत सहयोग लिइएकाे छ । 

कसरी बन्द भए सञ्चालनमा रहेका वायुसेवा कम्पनी ?

तत्कालीन समयमा अन्तराष्ट्रिय तथा आन्तरिक उडानमा राम्रो नाफा कमाएका वायुसेवा कम्पनीहरु पछिल्लो समय बन्द रहेका छन् । एकले अर्काको सिको गर्दै बिना अध्ययन तथा अनुभव बिनै वायुसेवा कम्पनी खोल्न प्रतिस्पर्धा गर्दा धेरै वायुसेवा कम्पनीहरु असफल भएका जानकारहरु बताउँछन् । 

जसमा अन्तराष्ट्रिय तथा आन्तरिक उडान गरेर नाफा कमाउने मध्ये एक हो नेकोन एयर । प्राधिकरणबाट सन् १९९६ मार्च २१ मा एओसी (एयर अपरेटर सर्टिफिकेट) पाएको उक्त कम्पनीले सुरुआती चरणमा अन्तराष्ट्रिय तथा आन्तरिक उडान गरेको थियो । १३ वटा वायुसेवा कमपनीबाट उडान गरेको नेकोन नाफामा गएपछि प्राथमिक सेयर निष्कासन गरे पश्चात नोक्सानमा गएर व्यवसाय नै बन्द भएको थियो । 

उक्त एयरका सञ्चालकका रुपमा  दिपमणी राजभण्डारी, दिपक राज कोइराला, अनुप शमसेर जवरा, मुकुन्दभक्त श्रेष्ठ, रवीन्द्र श्रेष्ठ रहेका थिए । 

प्राधिकरणकाे सूचना 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved