पोखरामा दैनिक ९ उडान गर्दै बुद्ध एयर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 10, 2021 | 04:31:20 PM मा प्रकाशित

laxmi  sunrise bank

निजी क्षेत्रको लगानीमा सञ्चालित वुद्ध एयरले पर्यटकीय क्षेत्र पोखरामा उडान विस्तार गरेको छ । यसअघि पाेखरामा दैनिक ८ वटासम्म उडान गर्दै आएको बुद्धले एक उडान थप गरेर दैनिक ९ वटा उडान सुरु गरेकाे हाे । 

पछिल्लो समय आक्रामक रुपमा उडान संख्या थप गरेको बुद्धले दैनिक एक सयभन्दा उडान गर्दै आएको छ । नयाँ जहाजको आगमन सँगै बुध्द एयरले आक्रमक बजार विस्तार गर्न लागेको जनाएकाे छ । बुद्धले उडान गन्तव्यमा यात्रुको चाप अनुसार उडान संख्या थप गर्दै लगेको छ । हाल बुद्धसँग ९ वटा एटीआर–७२, तीनवटा एटीआर–४२ र २ वटा विचक्राफ्ट गरि १४ जहाज रहेको छ ।

कोभिड–१९ का कारण शिथिल भएको हवाई क्षेत्रलाई चलायमान बनाउन आक्रमक बजार विस्तारसहित उपस्थिति जनाउने लागिएको बुद्ध एयरका मार्केटिङ सेल्स निर्देशक रुपेश जोशी बताउँछन् । ‘समय यात्रुको उडान हाम्रो नाराका साथ हामीले नयाँ उडान तालिका बनाएका छौं, जसअनुसार पोखराका लागि दैनिक ९ उडान, विराटनगरका लागि ८, भैरहवा ६, सिमरा, भरतपुर, भद्रपुर ५, जनकपुर, नेपालगञ्जका लागि दैनिक ४ उडान हुनेछ’, उनले भने ।

बुध्द एयरले हाल भद्रपुर, तुम्लिङटार, विराटनगर, राजविराज, जनकपुर, सिमरा, भरतपुर, पोखरा, भैरहवा, नेपालगञ्ज, सुर्खेत र धनगढीमा उडान गरिरहेको छ । यी बाहेक काठमाडौं र पोखराबाट माउण्टेन फ्लाईट पनि गरिरहेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved