काठमाडौँ विमानस्थलको उठ्न बाँकी बक्यौता २ अर्ब, महाप्रवन्धकले बनाए उपसमिति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 17, 2021 | 12:18:05 PM मा प्रकाशित

laxmi  sunrise bank

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको बक्यौता रकम करिब २ अर्ब पुगेको छ। विमानस्थल कार्यालयका अनुसार माघ मसान्तसम्म मात्रै एक अर्ब ८९ करोड २४ लाख बढी रकम उठाउन बाँकी छ ।

सबैभन्दा धेरै बक्यौता रकम सरकारी कार्यालयको छ । सरकारी कार्यालयले मात्रै त्रिभुवन विमानस्थललाई ५६ करोड ८५ लाख ९६ हजार रुपैयाँ तिर्न बाँकी छ । योमध्ये पनि विमानस्थल भन्सार कार्यालयको मात्र ५५ करोड ८९ लाख बढी छ । हाल सञ्चालनमा नरहेका आन्तरिक वायुसेवा कम्पनीको ८ करोड ३२ लाख ६२ हजार, सञ्चालनमा नरहेका अन्तराष्ट्रिय वायुसेवा कम्पनीको २५ करोड ९५ लाख, हाल सञ्चालनमा नरहेका होटल तथा पसलको १५ करोड ६६ लाख तिर्न बाँकी छ ।

हाल सञ्चालित अवस्थामा रहेका आन्तरिक वायुसेवा कम्पनीको २ करोड ५० लाख, अन्तराष्ट्रिय वायुसेवा कम्पनीको २६ करोड ९२ लाख र विमानस्थल परिसरमा सञ्चालित होटल तथा पसलको ५३ करोड बढी बक्यौता रकम उठ्न बाँकी रहेको विमानस्थल कार्यालयले जनाएको छ । 

विमानस्थलले विमानस्थल विकास शुल्क, ल्यान्डिङ र पार्किङ शुल्क, हवाई परिवहन, सुरक्षा शुल्क, कार्यालय सञ्चालन कोठा, काउन्टर, होडिङ बोर्ड विमानस्थलभित्र सञ्चालन भएका पसल, भण्डारण, यात्रुलाई सेवा प्रवाहलगायतमा शुल्क लिदैँ आएको छ । 

नियममा के छ ?

नेपाल नागरिक उड्डयन प्राधिकरणको विमानस्थल सेवा शुल्क नियमावली २०६७ अनुसार ६० दिनभित्र रकम नबुझाउने एयरलाइन्सको उडान रोक्न र जहाज ‘ग्राउन्डेड’ गर्न सकिने प्रावधान छ । साँवा रकम नबुझाएपछि ३० प्रतिशतका दरले विलम्ब शुल्क लाग्छ । समयमा बुझाउँदा छुटको व्यवस्था छ । नियमावलीअनुसार बिल जारी गरेको सात दिनभित्र बक्यौता रकम तिरेमा ३ प्रतिशत शुल्क छुट दिने व्यवस्था छ ।

३० दिनभित्र बक्यौता रकम तिरेमा जरिवाना शुल्क तिर्नुपर्दैन । ३० दिनदेखि ४५ दिनसम्म ५ प्रतिशत जरिवाना लाग्छ । ४५ देखि ५९ दिनसम्म बक्यौता रकम बुझाएमा १५ प्रतिशत जरिवाना तिर्नुपर्ने व्यवस्था छ । ६० दिनदेखि माथि रकम भुक्तानी नगरेमा ३० प्रतिशतको दरले जरिवाना लाग्नेछ ।

उपसमिति गठन

विमानस्थलका महाप्रवन्धक प्रतापवावु तिवारीले केही दिन अघि बन्द अवस्थामा रहेका ११ वटा आन्तरिक वायुसेवा कम्पनीका सञ्चालकलाई ३० दिनभित्र बक्यौता रकम भुक्रानी गरिसक्न सूचना जारी गरेका छन् । विमानस्थल कार्यालयको २ अर्ब बढी बक्यौता रकम भुक्तानी गर्न कार्ययोजना नै बनाएर ४ जना कर्मचारीलाई जिम्मा दिएको महाप्रवन्धक तिवारी बताउँछन् । 

उनीहरुले बक्यौता रकम उठाउन आन्तरिक वायुसेवा कम्पनीका सञ्चालक र विमानस्थलमा सञ्चालनमा रहेका पसलका सञ्चालकसँग निरन्तर सम्पर्क गर्ने, अन्तराष्ट्रिय वायुसेवा कम्पनीको बक्यौता रकम उठाउँन कुटनीतिक निकायको सहयोग लिने लगायतका काम गर्नेछन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved