हवाई भाडा बढ्यो, मन्थली–लुक्ला उडानको कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 19, 2021 | 02:42:21 PM मा प्रकाशित

laxmi  sunrise bank

पर्यटकका लागि सरकारले तोकेको स्वास्थ्य मापदण्ड खुकुलो गरेपछि अब रामेछाप विमानस्थलमा पर्यटकको चाप बढ्ने अनुमान गरिएको छ । हिमाली क्षेत्रमा पनि विशेषगरी लुक्ला जाने पर्यटकहरु बढ्न सक्ने अनुमान गरिएको हो ।

यसैबीच आज शुक्रबार रातीदेखि लागू हुने गरी हवाई भाडा बढ्ने भएको छ । हवाई इन्धनको मूल्य बढेसँगै वायुसेवा सञ्चालकहरुले हवाई भाडा बढाएका हुन् । बढेको भाडादर अनुसार काठमाडौँ–रामेछाप हवाई भाडा ६१५ रुपैयाँ कायम भएको छ । यसअघि काठमाडौँ–रामेछाप हवाई भाडा ६ सय रुपैयाँ थियो । 

विराटनगर–रामेछाप हवाई भाडा पनि साविकको तुलनामा ३५ रुपैयाँले बढेको छ । बढेको भाडा अनुसार अब विराटनगरबाट रामेछापसम्मको हवाई भाडा १ हजार २६५ रुपैयाँ तोकिएको छ ।

रामेछापबाट धेरै उडान हुने लुक्लाको पनि भाडा १५ रुपैयाँ बढेको छ । बढेको भाडादर अनुसार रामेछाप–लुक्ला उडानको भाडा ५६० रुपैयाँ कायम भएको छ । 

रामेछापमा अहिले ३ गन्तव्यबाट उडान भईरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved