अन्तराष्ट्रिय उडानको अनुमति पाउँदै यती एयरलाइन्स, कहाँ कहाँ गर्दैछ उडान ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 25, 2021 | 12:20:37 PM मा प्रकाशित

laxmi  sunrise bank

यती एयरलाइन्सले काठमाडौं–बनारस–काठमाडौंको परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको छ ।  २३ वर्षदेखि सेवा दिँदै आएको यतीले परीक्षण उडान सम्पन्न गरेसँगै अन्तराष्ट्रिय गन्तव्यमा चार्टड वा नन् सेड्युअल उडानको लागि अनुमति माग गरेको छ । 

यती एयरलाइन्सले दक्षिण पूर्वी एसिया र दक्षिण एसियाका देशहरुमा चार्टड उडान गर्न नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) सँग अनुमति माग गरेपछि आफ्नो तर्फबाट गर्नुपर्ने परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको हो । बुधबार यतीले परीक्षण उडानका लागि वरिष्ठ पाइलट रमोदकुमार श्रेष्ठ तथा प्रमोद पौडेल सहितको उडान टोलीले उडान भरेको थियो । 

‘नाइन एन एएमएन’ कल साइन एटिआर–७२ विमानले काठमाडौं विमानस्थलबाट बिहान १०ः७ बजे लालबहादुर शास्त्री अन्तर्राष्ट्रिय हवाइ अड्डा वाराणसी, भारतका लागि उडान भरेर बेलुका ५ः४८ मा पुनः काठमाडौंमा अवतरण गरेको हो । यो उडानको प्रतिवेदन अब यतीले क्यानमा बुझाएको छ ।

बुधबार सफतापूर्वक उडान भएकाले कम्पनीले क्यानमा प्रतिवेदन बुझाएको र केही दिनभित्र अन्तराष्ट्रिय उडानको एओसी प्राप्त गर्ने यतीको दाबी छ । 

जहाज थप्ने योजना

यती एयरलाइन्सले उडान संख्या बढाउन जहाज संख्या पनि थप गर्ने योजना बनाएको छ । मध्यम दुरीमा उडान गर्ने उदेश्यले मध्यम सिट क्षमताका जहाज थप गर्ने योजना बनाईएको यतीले जनाएको छ ।

नियमित सेड्युअल अनुसार नभई चार्टड उडानमार्फत् नेपालमा भारतीय पर्यटक भित्र्याउने यतीको लक्ष्य छ । सन् २०२१ भित्रै दुईवटा एटिआर–७२ विमान थप्ने योजना बनाएको यतीले हाल एटिआर–७२ र जेटस्ट्रिममार्फत् आन्तरिक गन्तव्यमा उडान गर्दै आएको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved