नेपालका ३७ मध्ये २३ हेलिकप्टर उड्दैनन्, बैंकको पौने ३ खर्ब लगानी जोखिममा

निरोज कुमार थापा

निरोज कुमार थापा

Apr 22, 2021 | 01:57:14 PM मा प्रकाशित

laxmi  sunrise bank

कोरोना भाइरसको दोस्रो भेरियन्टको प्रभावले नेपालको पर्यटन क्षेत्र पुनः थला पर्दैछ । यसअघिको कोरोनाको मारबाट उठ्ने तर्खरमा रहेका नेपालका हेलिकप्टर व्यवसायीहरु फेरि अर्को चरणको कोरोना देखिएपछि आफूसँग भएका हेलिकप्टरहरु थन्क्याउने अवस्थामा पुगेका छन् ।

‘सुरुमा त एयरलाइन्स बिजेनश मात्रै सुक्ने भयो भनिन्थ्यो, पछि त्यसको प्रभाव होटलमा पनि देखियो’ एयरलाइन्स अपरेटर्स एसोसियसन अफ नेपालका प्रवक्ता योगराज कँडेल भन्छन्, ‘अहिलेको समस्या भनेको एयरलाइन्स बिजनेश मात्रै नभई समग्रह पर्यटन क्षेत्रको नै एउटै हो । २०२३ नलागी केही पनि हुँदैन ।’

‘अपरेशन छैन’

नेपालको नागरिक उड्ययन क्षेत्रमा १० खर्ब रुपैयाँ लगानी छ । यो कुल लगानीमा नेपाल एयरलाइन्सको लगानी पनि जोडिएको छ । योमध्ये ३९० अर्ब रुपैयाँ लगानी हेलिकप्टरमा मात्रै छ ।

नयाँ हेलिकप्टर ल्याउने सोचमा कोही पनि नरहेको र केही केही कम्पनीले त भएका हेलिकप्टर पनि बिक्रि गर्ने योजना बनाएको व्यवसायीहरु बताउँछन् । कतिपयले भने हेलिकप्टर नउडाई राख्ने गरेका छन् ।

‘हेलिकप्टर बिजनेश भनेको हिमालमा आश्रित बिजनेश हो, हिमाल नखुलेसम्म केही पनि हुँदैन’ कँडेलले भने, ‘अहिले अपरेशन निरन्तर घट्दो छ, अपरेशनमा ल्याउनुभन्दा हेलिकप्टर नउडाउनु बेश भईसक्यो । अपरेशनमा ल्याउँनासाथ खर्च बढ्छ, खर्च उठ्ने अवस्था छैन ।’

उनका अनुसार नेपालमा भएका ३७ वटा हेलिकप्टरमध्ये अहिले १४ वटा मात्रै अपरेशनमा छन् । 

कुन कम्पनीसँग कति वटा हेलिकप्टर छन् ?

मूलुक भरीमा ३७ वटा हेलिकप्टर छन् । यी सबै हिमाल आरोहणमा जाने आरोहीहरुलाई बोकेर आफ्नो व्यवसाय चलाउँदै आएका छन् । सामान्य रेस्क्यु लगायतले हेलिकप्टर उद्योग नचल्ने उद्योगीहरुको भनाई छ ।

हाल सबैभन्दा धेरै हेलिकप्टर श्री एयरसँग छ । श्रीसँग एमआई ५ र २ वटा इक्युरियल गरी ७ वटा हलिकप्टर छन् । त्यसपछि प्रभूसँग ६ वटा, सिम्रिकसँग ५ वटा डाइनेष्टिसँग ४ वटा, कैलाशसँग ३ वटा, फिस्टेलसँग ३ वटा हेलिकप्टर छन् । अल्टिच्युड एयरसँग २, हेलि एभरेष्टसँग २, मनाङसँग २, माउण्टेनसँग २ र मुस्ताङसँग एउटा हेलिकप्टर छन् ।

यद्यपी, मुस्ताङ भने अपरेशन आईसकेको छैन ।

११ वटा कम्पनीका ३७ वटा हेलिकप्टरमा ३९० अर्ब रुपैयाँ लगानी रहेपनि अहिले उक्त लगानी जोखिममा छ । कसल लगानी ७० देखि ८० प्रतिशत बैंकको लगानी रहेको व्यवसायीको भनाई छ ।

‘चैतपछि ऋणको भरमा’

सरकारले कोरोनाका कारण चैतसम्म छुट दिएको थियो । तर, चैतपछि पनि व्यवसाय नचलेपछि उद्योगी व्यवसायीहरु ऋण लिनुपर्ने बाध्यतामा छन् । 

‘इण्डियामा देखिएको भेरियन्ट जसरी पनि नेपाल आइपुगिहाल्छ’ कँडेल भन्छन्, ‘अहिले हामी त ऋण लिएर आफ्नो सञ्चालन खर्च चलाउँदै छौँ, अपरेशन हुँदैन भन्ने थाहा छ ।’

स्वास्थ्य मन्त्रालयले दैनिक ११ हजारसम्म कोरोना संक्रमित हुन सक्ने अनुमान गरिसकेको अवस्थामा मूलुक लकडाउनमा जान सक्छ भनेर आफूहरु सोही अनुसार मानसिक रुपमा तयार रहेको कँडेलले बताए । तर, लकडाउन गरिए अब दुर्भाग्य हुने उनको भनाई छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved