आन्तरिक उडान तत्काल नरोक्ने मन्त्रिपरिषद्को निर्णय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 26, 2021 | 11:34:05 PM मा प्रकाशित

laxmi  sunrise bank

आज साँझ अबेर गरि बसेको मन्त्रीपरिषदको बैठकले उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरु तथा  कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले गरेका बिभिन्न निर्णय तथा सिफारिसलाई परिमार्जन सहित पारित गरेको छ। 

संघीय सरकारले सीसीएमसीले प्रस्ताव गरेको आन्तरिक हवाई उडान रोक्नु पर्ने प्रस्तावलाई परिमार्जन गर्दै तत्काललाई आन्तरिक उडान नरोक्ने निर्णय गरेको छ। सीसीएमसीले बैशाख १५ गतेदेखि आन्तरिक हवाई उडान रोक्न सिफारिस गरे गरेको थियो। 

मन्त्रिपरिषदको बैठकले आवश्यक परे पछि अर्को निर्णय लिने तर तत्काललाई स्वास्थ्यका मापदण्ड कडाईका साथ लागू गरेर आन्तरिक उडान जारी राख्ने निर्णय गरेको छ। 

त्यस्तै संघीय सरकारले उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा बैशाख १६ देखि २२ गतेसम्म लकडाउन गर्ने प्रमुख जिल्ला अधिकारिहरुको निर्णयलाई परिमार्जन गर्दै बैशाख ३१ सम्म लकडाउन गर्ने निर्णय गरेको छ। 

यो पनि: उपत्यकामा ७ दिन लकडाउन गर्ने निर्णय मन्त्रिपरिषदद्वारा परिमार्जन

उपत्यकाका ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु तथा सिसिएमसी ले गरेका अन्य निर्णय तथा प्रस्तावहरु भने मन्त्रीपरिषदको बैठकले यथास्थितिमा नै पारित गरेको छ।  सबै प्रकारका परीक्षा स्थगित गर्न सीसीएमसीले गरेको सिफारिस पनि मन्त्रिपरिषद्को बैठकले पारित गरेको छ।

मन्त्रिपरिषदको आजको बैठकले अवस्थाअनुसार लकडाउन गर्ने वा नगर्ने अधिकार स्थानीय सरकारलाई दिएको छ। तर यसका लागि संघीय सरकारले मापदण्ड तय गरेको छ। जसअनुसार पहाडका जिल्लाहरुमा २ सय भन्दा बढी तथा शहरमा ५०० भन्दा बढी कोभिड संक्रमितको संख्या भएमा स्थानीय तहले लकडाउन गर्न सक्नेछ। 

लकडाउनको अवधिमा परिमार्जन गरीएपनि यस अवधिमा गर्न पाइने र नपाइने बिषयहरुलाई भने मन्त्रिपरिषदको बैठकले यथावत राखेको छ। प्रमुख जिल्ला अधिकारिहरुले गरेको निर्णयअनुसार अत्यावश्यक बाहेकका सवारी काठमाडौँ प्रवेश गर्न पाउने छैनन्। 

अत्यावश्यक सामग्री बोकेका सवारीसाधन, बढीमा २ जना बिरामी तथा कुरुवा बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीले प्रयोग गर्ने गाडी, बाहेक अन्य गाडी काठमाडौँ प्रवेश गर्न पाउने छैनन् ।अत्यावश्यक गाडीमा भने उल्लेख गरि चल्न पाउने छन्  । सरकारी कार्यालय र सेवा प्रदायकको हकमा भने संस्थाले जारि गरेको पासले गाडी चल्न पाउने छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved