आजका उडान तालिका अनुसार नै हुने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 03, 2021 | 09:03:36 AM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले आन्तरिक हवाइ उडान रोक्ने निर्णय गरेपनि सोमबारका सबै उडान तालिका अनुसार नै हुने भएका छन् । आन्तरिक हवाइ सेवा प्रदायक कम्पनीहरुले आजका लागि तय भएका उडान तोकिएको तालिका अनुसार नै हुने जनाएका छन् ।

सरकारले सोमबार रातिदेखि लागू हुनेगरी आन्तरिक हवाई उडान बन्द गर्ने निर्णय गरेपछि आजका लागि तय भएका उडान हुने वा नहुने भन्ने अन्यौल कायम रहेका बेला हवाइ सेवा प्रदायक कम्पनीहरुले सोमबारको उडान तालिका अनुसार नै हुने जनाएका हुन् । 

यसअघि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले एउटा जहाज उडेको २० मिनेटपछि मात्रै अर्को जहाज उडान पाउने गरी कोटा तोकेको थियो । तर, आज बेलुकाबाट उडान बन्द हुने भएपछि दिउँसो यात्रुको चाप धेरै हुने भएकाले उडान संख्या थपको माग कम्पनीहरुले गरेका छन् ।

बुद्ध एअरले कोटा अनुसारका सबै उडान यथावत रहेको जनाएको छ । यती एयरले पनि आज कोटा अनुसारका सबै उडान हुने जानकारी दिएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved