बिहिबारबाट भारतसँग बाहेक सबै अन्तराष्ट्रिय उडान बन्द

बिजपाटी सम्बाददाता

बिजपाटी सम्बाददाता

May 03, 2021 | 01:14:09 PM मा प्रकाशित

predect in win

बैशाख २३ गते बिहिबार राति १२ बजेदेखि नेपालले अन्तराष्ट्रिय उडान बन्द गर्दैछ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले बिहिबार रातिदेखि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट हुने सबै व्यावसायिक अन्तराष्ट्रिय उडान बन्द गर्ने निर्णय गरेको हो । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेका अनुसार २३ गते राति १२ बजेपछि नेपाल आउने र नेपालबाट हुने सबै व्यवसायिक अन्तराष्ट्रिय उडान बैशाख मसान्तसम्म बन्द हुने भएका हुन् । 

नेपाल र भारतबीच भइरहेको एयर बबल अवधारणा अनुसारको उडान भने हप्ताको ७ दिनबाट घटाएर दुई दिनमा झारिएको छ । अब भारतमा भने सातामा दुई दिन उडान हुनेछ । 

आन्तरिक उडान भने आज रातिदेखि बन्द हुने छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved