जेठ १७ सम्म लम्बियो अन्तराष्ट्रिय हवाई उडानको प्रतिबन्ध

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 11, 2021 | 07:21:44 PM मा प्रकाशित

laxmi  sunrise bank

अन्तराष्ट्रिय हवाई उडानको प्रतिबन्ध जेठ १७ गतेसम्म लम्बिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले जेठ १७ अर्थात् ३१ मे २०२१ सम्म अन्तराष्ट्रिय हवाई उडानमाथिको प्रतिबन्ध कायम रहने जनाएको छ । 

यो अवधिमा पनि यसअघि निरन्तर रहेको भारतसँग सातामा दुई उडान भने निरन्तर हुनेछ । 

यसअघि वैशाख मसान्तसम्म तालिका अनुसार हुने अन्तराष्ट्रिय उडान प्रतिबन्ध लगाउने निर्णय भएको थियो । थपिएको उडान प्रतिबन्धको अवधिमा एयरलाइन्सहरुले मेडिकल उडान, चार्टर्ड र कार्गो उडानको अनुमति भने पाउने भएका छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved