जेठ १८ पछि अन्तराष्ट्रिय उडान खोल्न सिफारिस

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 26, 2021 | 01:09:41 PM मा प्रकाशित

laxmi  sunrise bank

सिमित गन्तव्यमा अन्तराष्ट्रिय उडान खोल्न सिफारिस भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले जेठ दोस्रो सातापछि सिमित गन्तव्यमा उडान खोल्न सिफारिस गरेको हो । 

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई प्राधिकरणले गरेको सिफारिसमा कतार,साउदी अरब,चीन, मेलेसिया जस्ता गन्तव्यमा नियमित उडान गर्न भनिएको छ । निषेधाज्ञा लागू भएपछि वैशाख २३ गतेदेखि बन्द रहेको नियमित अन्तराष्ट्रिय उडान खोल्न व्यवसायीहरुले पटक पटक माग गरेपछि प्राधिकरणले केही गन्तव्यमा नियमति खोल्न सकिने निष्कर्ष निकाल्दै सिफारिस गरेको हो । 

हिमाल आरोहणमा नेपाल आएका विदेशी फर्किन र वैदेशिक रोजगारमा जाने नेपालीहरुका लागि पनि चार्टर्ड उडान महँगो भएको गुनासो आईरहेको अवस्थामा सिमित गन्तव्यमा सिमित उडानको अनुमति दिन प्राधिकरणले सिफारिस गरेको छ । 

प्राधिकरणले जेठ १८ गतेपछि उडान खोल्न सिफारिस गरेको छ । भारत एयर बबल सम्झौता अन्तर्गत हप्तामा २ वटा उडान भईरहेको जस्तै अरु देशमा पनि यही संख्यामा उडान गर्न सकिने र यसका लागि नेपाल एयरलाइन्स र गन्तव्य देशको एउटा एयरलाइन्सलाई उडान अनुमति दिन सकिने प्राधिकरणको निष्कर्ष छ ।

प्राधिकरणले मन्त्रलयमो गरेको सिफारिस मन्त्रालयले प्रधानमन्त्री नेतृत्वको निर्देशक समितिबाट अनुमोदन गराएपछि मात्रै कार्यान्वयन हुनेछ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved