हिमालय एयरलाइन्सले भन्यो, ‘बढी भाडा लिएका छैनौँ’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 16, 2021 | 06:11:06 PM मा प्रकाशित

laxmi  sunrise bank

हिमालय एयरलाइन्सले हवाई भाडा बढी लिएको भन्दै प्रकाशन भएका समाचारमा कुनै सत्यता नरहेको जनाएको छ । अन्तराष्ट्रिय उडान सुचारु भएपछि साउदीको दमाममा उडान गर्दै आएको र कुनै पनि उडानमा बढी भाडा नलिएको एयरलाइन्सले जनाएको छ । 

यात्रुहरूको चाप बढेकाले जुलाई ११, २०२१ देखि ३ साप्ताहिक उडान गर्दै आइरहेको कम्पनीले जनाएको छ । हालको अवस्थामा, विभिन्न समाचार तथा सामाजिक सञ्जालमा एअरलाइन्स्ले काठमाडौं देखि दमाम सम्मको उडानका लागि उच्च हवाइ भाडा तथा क्वारेन्टिन सेवाशुल्क लिइरहेको सामग्री प्रकाशन भईरहेकोमा ध्यानाकर्षण भएको हिमालय एयरलाइन्सले जनाएको छ । 

नेपाल सरकार र साउदी अरब सरकारले अनिवार्य नियामक निर्देशिका प्रकाशित गरेको र जसमा अपरिहार्य भाडा अन्तर्गत हवाइ भाडा, प्रवासमा क्वारेन्टिन सुविधा र सम्बन्धित कोभिड–१९ स्वास्थ्य सुविधासहित समावेश गरिएको एयरलाइन्सको दाबी छ । 

‘सोहि निर्देशिकाको पालनामा, हाम्रो एअरलाइन्स्ले यस क्षेत्रमा उडानहरू सञ्चालन गर्न सबै आवश्यक सुविधाहरू सहितको बन्डल भाडा सुरु गरेको हो । हाम्रो बन्डल भाडामा पर्ने लगायत खर्चहरु यस प्रकार छन्ः एअरलाइन्स् आधार भाडा, सबै नियामक करहरू, होटल यातायात र ७ रात होटेल बसोबास शुल्क, (बिहानको खाजा, खान, डिनर सामेल) र दमााम आइपुग्दा गरिने २ पीसीआर परीक्षण सुविधा’ एयरलाइन्सले भनेको छ । 

साउदी अरब सरकारको निर्देशिका अनुसार, यात्रुहरु स्वयं क्वारेन्टाइनमा बस्ने अनुमति नभएको र त्यहाको सरकारले तोकेको क्वारेन्टिन होटेलमा बस्नु पर्ने नियम अनिवार्य गरिएको र यस कारण नियमित हवाइ बन्डल भाडाको तुलनामा अहिलेको भाडा अलि महँगो भएको एयरलाइन्सले जनाएको छ । 

‘थप स्पष्टीकरणको लागि, दमाामको लागि अतिरिक्त होटल क्वारेन्टिन शुल्कले ६० प्रतिशत ओगट्छ भने हवाइ भाडाले कुल लागतको ४० प्रतिशत मात्र योगदान गर्दछ भन्ने तथ्य पनि हामी उल्लेख गर्न चाहन्छौं’ एयरलाइन्सले भनेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved