नेपाल एयरलाइन्सलाई नीजिकरण गर्ने पक्रिया रोक्न सर्वोच्चको अल्पकालिन अन्तरिम आदेश

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 25, 2021 | 06:18:26 PM मा प्रकाशित

laxmi  sunrise bank

सर्वोच्च अदालतले नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्स) लाई नीजिकरण गर्ने प्रक्रिया रोक्न अल्पकालीन अन्तरिम आदेश दिएको छ । निगमको निजीकरणका सम्बन्धमा दायर भएको रिटमा सुनुवाई गर्दै सर्वोच्चले यस्तो आदेश दिएको छ । 

न्यायाधीश कुमार रेग्मीको इजलासले निजीकरणका कुनै पनि काम अघि नबढाउन अल्पकालीन अन्तरिम आदेश दिएको हो । यस सम्बन्धमा थप छलफलका लागि दुवै पक्षलाई १५ दिनभित्र लिखित जवाफ पेश गर्न पनि सर्वोच्चले निर्देशन दिएको छ ।

दुवै पक्षको छलफलपछि अन्तरिम आदेश दिनुपर्ने वा नपर्ने भन्ने निष्कर्षमा पुग्न सहज हुजे आदेशमा उल्लेख छ । 

निजी साझेदार भित्र्याउन भन्दै निगमले नयाँ बन्ने कम्पनीको प्रबन्ध पत्र र नियमावली संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पेश गरेको छ । निगमको निर्णयका विरुद्ध कर्मचारीहरु आन्दोलित छन् । 

आदेश

May be an image of text

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved