प्रधानमन्त्रीलाई भेटेर निगमका कर्मचारीले भने, ‘महाप्रवन्धकलाई बर्खास्त गरियोस्’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 05, 2021 | 06:17:49 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल वायुसेवा निगमका कर्मचारीले महाप्रवन्धक डिम प्रकाश पौडेललाई बर्खास्त गर्न माग गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर आन्दोलनरत निगमका कर्मचारीले महाप्रवन्धक पौडेललाई तत्काल बर्खास्त गर्न माग गरेका हुन् ।

निगमका ९ वटा कर्मचारी संगठनहरुले प्रधानमन्त्री देउवालाई संयुक्त रुपमा भेट गरी महाप्रवन्धक पौडेललाई बर्खास्त गर्न र निगमको नीजिकरणको प्रक्रिया खारेज गर्न माग गरेका छन् ।

उनीहरुले महाप्रबन्धकको ३ सय प्रतिशत तलब वृद्धि खारेज गर्नुपर्ने र संचालक समितिमा निगमको व्यवसायिक स्वार्थ बाझिने संस्थासँग आवद्ध व्यक्तिको नियुक्ति खारेज गर्नुपर्ने माग पनि गरेका छन् । 

निगमका कर्मचारीहरु ३४ दिनदेखि आन्दोलनमा छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved