जनकपूर एयरपोर्टमा फल्स सिलिङ खस्दा एक जना घाइते

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 06, 2021 | 03:11:40 PM मा प्रकाशित

laxmi  sunrise bank

जनकपुरधाम विमानस्थलको फल्स सिलिङ खसेको छ । जनकपुरधामस्थित विमानस्थलको नवनिर्मित फल्स सिलिङमा प्रयोग हुने सिमेन्ट बोर्ड खस्दा एक जना घाइते भएका छन् । 

घाइते हुेमा धनुषाको धनौजी गाउँपालिका ५ का ३९ वर्षीय मोहम्मद उसलेन खान रहेका छन् । विमानस्थलको छानामुनि बसिरहेको अवस्थामा अचानक फल्स सिलिङ खसेर थिचेपछि उनी घाइते भएका हुन् । 

यात्रीको प्रतीक्षामा बसिरहेका उसलेन सवारी चालक रहेको विमानस्थलका प्रमुख किरण गौतमले जानकारी दिए । उनको अहिले जानकी हेल्थ केयर एन्ड टिचिङ हस्पिटलमा उपचार भइरहेको छ । टाउकोमा गम्भिर चोट लागेका उनलाई १५ वटा टाँका लगाइएको छ ।

विमानस्थलको निर्माण सकिएको ६ महिना पनि नबित्दै भत्किन सुरु गरिसकेको छ । ४२ करोडको लागतमा निर्माण गरिएको कन्ट्रोल टावर पनि भत्किन थालिसकेको छ ।

तस्बिरः रातोपाटी

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved