विमानस्थलमा पुगेका यात्रु छोडेर किन रित्तै उड्यो हिमालय एयरलाइन्स ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 10, 2021 | 09:46:30 AM मा प्रकाशित

laxmi  sunrise bank

हिमालय एयरलाइन्सको जहाज यात्रु नलिई संयुक्त अरब इमिरेट्स (यूएई) उडेको छ । दुबई जान सोमबार साँझ त्रिभुवन विमानस्थलमा पुगेका यात्रुहरुलाई छोडेर हिमालयको जहाज दुबई उडेको हो ।

जहाज चढ्ने बेलामा ‘एयरलाइन्सको उडान नम्बर ९५६५ मा कुनै यात्रु पनि स्वीकार गर्न नसकिने’ भन्ने सूचना आएपछि यात्रुहरु विचल्लीमा परेका हुन् । 

हिमालयको जहाज रातप् ११ः३० बजे दुबईका लागि उड्यो । यात्रु लिन दुबई गएको जहाज काठमाडौँबाट भने रित्तै गयो । 

सूचना अनुसार युएईले आवासीय भिसा भएका र कर्मचारीहरूका लागि मात्रै प्रवेश अनुमति दिएको र यसका लागि उडान समयभन्दा ४ घन्टाअघि एन्टीजेन परीक्षण, ४८ घन्टा अघिको पिसिआर परीक्षणको नेगेटिभ रिपोर्ट चाहिने मापदण्ड बनाएको छ । 

तर, काठमाडौँस्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा एन्टीजेन परीक्षणको व्यवस्था छैन । विमानस्थलका प्रमुख प्रताप तिवारीले एयरपोर्टमा एन्टीजेन परीक्षणको व्यवस्थाका लागि उपकरण र स्वास्थ्यकर्मी राख्ने ठाउँ नभएको बताएका छन् । उनले यस विषयमा स्वास्थ्य मन्त्रालयसँग समन्वय भईरहेको पनि बताएका छन् ।

सोमबार राती दुबई जान नपाएका यात्रुहरु पनि एन्टीजेन परीक्षण नहुँदा रोकिएको विमानस्थल स्रोतले बताएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved