सेप्टेम्बर महिनाका लागि अन्तराष्ट्रिय उडान तालिका सार्वजनिक (तालिका)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 09, 2021 | 04:55:21 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल नागरिक उड्डयन प्राधिकरणले सेप्टेम्बर महिनाको अन्तराष्ट्रिय उडान तालिका सार्वजनिक गरेको छ । अब काठमाडौंबाट भारतको राजधानी नयाँ दिल्लीमा सातामा १० उडान हुने छन् । नेपाल एयरलाइन्सले दैनिक एक उडान गर्नेछ भने एयर इण्डियाले आइतबार, मंगलबार र शुक्रबार उडान गर्नेछ ।

यूएईको सारजहा विमानस्थलबाट एयर अरेवियाले हरेक दिन दुई उडान गर्नेछ । एयर अरेवियाकै जहाजले आबुधाबीबाट हरेक दिन काठमाडौं उडान गर्नेछ ।

फ्लाई दुबईको जहाजले दुबईबाट काठमाडौँका लागि सातामा १० उडान गर्नेछ ।

हिमालय एयरलाइन्सले मलेसियाको क्वालालाम्पुरमा साताको ६ उडान गर्नेछ । दुबईमा पनि हिमालयले साताको ६ उडान गर्नेछ । कतारको हमाद इन्टरनेशनल विमानस्थलमा हिमालयले सातामा ७ उडान गर्नेछ ।

जजिरा एयरवेजले कुवेतबाट हरेक दिन काठमाडौँका लागि उडान गर्ने अनुमति पाएको छ । कोरियन एयर हरेक बुधबार दक्षिण कोरियाबाट काठमाडौँ आउँदा मालिन्दो एयरले क्वालालाम्पुरबाट सोमबार, बुधबार, शुत्रmबार र शनिबार काठमाडौँको यात्रा गर्नेछ । मलेसियन एयरको हरेक शनिबार क्वालालाम्पुरबाट काठमाडौं उडान गर्नेछ । 

नेपाल एयरलाइन्सले काठमाडौँबाट कतारको हमाद इन्टरनेशनल एयरपोर्टमा हरेक दिन एक उडान गर्नेछ भने दुबईमा सोमबार, बुधबार, बिहीबार र शनिबार उडान गर्नेछ । नेपाल एयरलाइन्सले नै मलेसियाको क्वालालाम्पुरमा सातामा चार दिन आइतबार, मंगलबार, बिहीबार र शुक्रबार उडान गर्नेछ ।

जापानको नारिता विमानस्थलका लागि हरेक बिहीबार काठमाडौँबाट उड्ने नेपाल एयरलाइन्सको जहाज हरेक मंगलबार हङकङ विमानस्थल पुग्नेछ ।

कतार एयरवेजले काठमाडौँबाट कतारको हमाद इन्टरनेशनल विमानस्थलमा दैनिक तीन उडानको अनुमति पाएको छ । सलाम एयर मस्कटबाट साताको तीन दिन आइतबार, मंगलबार र बिहीबार काठमाडौं आउने छ । टर्कीस एयर सोमबार, बिहीबार र शनिबार काठमाडौंमा आउने छ । 

सिंगापुर एयरले हरेक आइतबार र श्रीलंकन एयरले मंगलबार र शनिबार काठमाडौँमा उडान गर्नेछन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved