गुण एयरलाइन्सद्वारा नेपालमै पहिलोपटक एयरपोर्टमा विद्युतीय बसको प्रयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 18, 2021 | 01:56:52 PM मा प्रकाशित

laxmi  sunrise bank

गुण एयरलाइन्सले विमानस्थलमा विद्युतीय बस प्रयोगमा ल्याएको छ । आन्तरिक उडानमा विद्युतीय बस प्रयोग गर्ने पहिलो एयरलाइन्स कम्पनी पनि गुण एयरलाइन्स नै बनेको छ । 

आफ्नै ब्राण्डमा फर्किएपछि पहिलो पटक शुक्रबारबाट नियमित उडान सुरु गरेको कम्पनीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा यात्रु ओसारपसारका लागि २ वटा विद्युतीय बस प्रयोगमा ल्याएको हो ।

दुइवटा बिच एयरक्राफ्ट र थप गरिएको पाँच वटा जेट्स्ट्रीमसहित ७ वटा जहाज भएको गुण एयरलाइन्सले शुक्रबार बिचएअरक्राफ्टमार्फत भरतपुरबाट उडान सुरु गरेको हो ।

काठमाडौँबाट पोखरा र भरतपुरमा उडान सुरु गरेको कम्पनीले सिमरा, भैरहवा, तुम्लिङटार, जनकपुर, नेपालगन्ज, सुर्खेत र  बिराटनगरमा पनि उडान गर्ने तयारी गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved