यति एयरको २३ वर्षे यात्रा पूरा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 21, 2021 | 02:09:35 PM मा प्रकाशित

laxmi  sunrise bank

निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी यति एयरलाइन्सले स्थापनाको २४ औं वर्षगाँठको अवसरमा कल सेन्टर सेवा सुरु गरेको छ । १९९८ सेप्टेम्बर २१ मा पहिलो उडान सुरु गरेको यतिले भगिनी संस्था तारा एयरसहित २३ वर्षदेखि सेवा दिँदै आएको छ । 

सुरुमा यातायात सञ्जाल नजोडिएका हिमाली क्षेत्र र कर्णालीका बासिन्दालाई खाद्यान्न, औषधिलगायत सामग्री ढुवानी गर्दै आएको यति अहिले जेटस्ट्रिम युगको पूर्णरुपले अन्त्य गरी एटीआर युगमा प्रवेश गरेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनोज रिमालले बताए । 

यतिले कम्पनीसँग भएका ५ वटा जेटस्ट्रिम विमान बेचिसकेको छ । 

वार्षिकोत्सवको अवसरमा कम्पनीले सुरु गरेको कल सेन्टरबाट अब उडान सम्बन्धी जानकारी लिन र जिज्ञासा राख्न सकिने छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved