क्यानको निमित्त महानिर्देशकमा राजकुमार क्षेत्री नियुक्त

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 22, 2021 | 08:34:28 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक राजन पोखरेलले पदबाट राजीनामा दिएसँगै उपमहानिर्देशक राजकुमार क्षेत्री निमित्त महानिर्देशकमा नियुक्त भएका छन् ।

 पर्यटन मन्त्रालयले क्षेत्रीलाई निमित्त महानिर्देशकको जिम्मेवारी दिन गरेको सिफारिसका आधारमा महानिर्देशक पोखरेलले राती नै उनलाई निमित्त महानिर्देशक नियुक्त गरेका हुन् । अब मन्त्रिपरिषद्को बैठकले निणर्य गरेपछि मात्रै उनी महानिर्देशकमा नियुक्त हुनेछन् । 

महानिर्देशकका लागि १२ तहका ६ जना उपमहानिर्देशक रहेपनि ४ जनाले असोज ७ गते महानिर्देशक पोखरेलसँगै अवकास पाउँदैछन् । बाँकी रहेका उपनिर्देशकमध्ये क्षेत्री सिनियर भएकाले उनलाई निमित्त महानिर्देशक बनाईएको हो । उनीसँगै भोला गुरागाईं महानिर्देशकको दावेदार छन् ।

महानिर्देशक पोखरेलले असोज ७ गते आवकास पाउँदैछन् । उनले त्यसको २ दिन अघि राजीनामा दिएका हुन् । उनी २०७६ असार १३ गते महानिर्देशक बनेका थिए ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved