आन्दोलनरत कर्मचारीमाथि निगमका महाप्रवन्धकले लगाए गम्भीर आरोप

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 23, 2021 | 04:19:45 PM मा प्रकाशित

laxmi  sunrise bank

कर्मचारीको आन्दोलनको विषयमा नेपाल एयरलाइन्सका महाप्रवन्धक डिमप्रकाश पौडेल बोलेका छन् । उनले आज एक विज्ञप्ति जारी गरी आन्दोलनका कारण निगमका धेरै काम ठप्प भएको उल्लेख गरेका छन् । 

निगमको संञ्चालक समितिले तयार गरेको प्रस्तावित कम्पनीको प्रबन्धपत्र तथा नियमावलीको प्रारम्भीक मस्यौदाको विरोधमा निगममा कार्यरत ३ वटा कर्मचारी संगठनहरुले बिना सुचना र प्रक्रिया गत असार १८ गतेदेखि आन्दोलन गरिरहेको महाप्रवन्धक पौडेलको भनाई छ ।

उनले आन्दोलनकै कारण कर्मचारीको तलब बितरण गर्नसमेत कानुनी अफ्ट्यारो सिर्जना भएको र बजेट पारित हुन नदिने गरी गरिएका आन्दोलनका कारण दशैँमा समेत तलब दिन नसकिने अवस्था आएको पौडेलले बताएका छन् । 

महाप्रवन्धक पौडेलका नजरमा ठप्प भएका कामः

१) निगमले अनुमती पाएको गौतमबुद्द अन्तराष्ट्रिय बिमानस्थल तथा पोखरा अन्तराष्ट्रिय बिमानस्थलको ग्राउण्ड हेण्डलिङ सेवाको लागि आवश्यक तयारीको कार्य । 

२) निगममा IFRS प्रणाली लागु गर्ने सम्बन्धमा गर्नुपर्ने तयारीको काम ।

३) अनलाईन टिकट प्रणाली समेत हुने गरी PSS लागु गर्ने सम्बन्धमा गरि राखिएको तयारीको काम 

४) ए ३२० को ईन्जिन मर्मत को लागि MRO छान्ने सम्बन्धी सम्पुर्ण प्रक्रिया 

५) अर्थमन्त्रालयको निर्देशन बमोजिम गर्नुपर्ने निगमको अद्याबधिक DDA सम्बन्धी काम 

६) आ.ब २०७८।७९ को बजेट तथा बार्षिक कार्यक्रम तर्जुमाको काम 

७) महालेखा परिक्षकको प्रतिबेदन उपर छलफल र जवाफ दिने कार्य (आन्दोलनका कारण म्याद गुज्रिन पुगेको) 

८) निगमको ऋण दायित्व भुक्तानी गर्न अर्थमन्त्रलयको समन्वयमा गरिने सम्पुर्ण कामहरु 

९) निगम ब्यवस्थापनले तयार गरि सञ्चालक समितिले स्विकृत गरेको १० बर्षे व्यवसायिक योजना कार्यान्वयन गरि आन्तरिक तथा अन्र्तराष्ट्रिय उडानको लागि बिमान संख्या थप गर्न नेपाल सरकार संग समन्वय गर्ने सम्बन्धी सम्पुर्ण काम । 

विज्ञप्तिमा के भनेका छन् पौडेलले ?

ब्यवस्थापनको तर्फबाट पटक पटक वार्ताको लागि आह्वान गर्दा समेत कुनै पनि संगठनले चासो नदेखाउने, तालुक मन्त्रालयबाट समेत पटक पटक वार्ताको निम्ती गरिएका प्रयासलाई पनि गम्भीरता पुर्वक नलिने, निगममा काम गर्न चाहने कर्मचारीहरुलाई समेत मुल गेट थुनी काममा जान नदिने, काममा निष्ठापुर्वक लागिरहेका कर्मचारीहरुलाई समेत जबरजस्ती आन्दोलनमा तान्ने, कर्मचारी आन्दोलनका न्युनतम मापदण्ड समेत ख्याल नगरि कार्यलय भित्र कर्मचारीहरु रहेको अवस्थामा बिजुली, पानी, टेलिफोन, ईन्टरनेट काटीदिने जस्ता अमानविय तथा अपराधजन्य कामहरु गर्ने, ब्यवस्थापनको उच्च तहका कर्मचारीहरुलाई समेत कार्यलय प्रबेशमा रोक लगाइ निगमको दैनिक कार्य सन्चालनमा समेत वाधा पुर्याउने जस्ता कारणहरुले यो आन्दोलन निगमको हित भन्दा पनि अमुक स्वार्थ प्रेरित ब्यक्तीहरुको इसारामा संचालित र कुण्ठाबाट प्रेरित भएको कुरा स्पष्ट हुन्छ ।

यी यावत बिषयका बावजुत महाप्रबन्धकको हैसियतले म आफुं कार्यरत सस्थामा मेरो मातहत कार्यरत सम्पुर्ण कर्मचारीहरुलाई आफुले काम गरेको अवधिको तलब कुनै पनि हालतमा भुक्तानी गराउने कुरामा प्रतिबद्द रहेको बिषय जानकारी गराउँदछ । 

बजेट पारित गर्न नदिएको अवस्थामा कसरी तलब भुक्तनी गर्न सकिन्छ भन्ने बिषयमा तालुक मन्त्रालयमा छलफल गरि नितिगत सहमती लिई दशैं अगाडी नै बितरण गर्ने तयारी गरिरहको अवस्थामा हिजो (असोज ६ गते) सांझ मात्र निगमका निर्देशक, उपनिर्देशक लगायतका उच्च पदस्थ कर्मचारीहरुलाई कोठा भित्र थुनी बन्दक बनाई निगमको कोष अनाधिकृत खर्च गर्न जबरजस्ती हस्ताक्षर गर्न लगाएकोमा निगमको संगठनात्मक पद्दती, अनुशासान र संस्थागत सुशासनमा गम्भीर प्रश्न खडा गरको छ । निगमको नेतृत्वलाई कमजोर बनाई आफ्ना स्वार्थ पुर्ति गर्न उद्यत समुहको उस्काहटमा लागि आफ्नो र निगमको भबिष्य धुमिल पार्ने काम नगर्नु नगराउनु हुन सम्पुर्ण कर्मचारीहरुमा अनुरोध छ ।

साथै निश्चित ब्यक्ती र समुहको स्वार्थ पुर्ति गराउनको लागि राष्ट्रको गौरव राष्ट्रिय ध्वजावाहकलाई तहस नहस बनाउने र सयौं निश्ठावान कर्मचारीहरुको दैनिकी गुजारामा समेत अवरोध पुर्याउने गरि यस्ता क्रियाकलाप सन्चालन गर्ने जो कोहीलाई पनि कानुनले छुट दिने छैन । निगम नेपाल सरकारको पुर्ण स्वामित्वमा जनताको तिरेको करबाट सन्चालित संस्थान हो यसको स्वामित्व सम्पुर्ण नेपाली नागरिकमा निहित छ र जनताको सम्पत्ती हिनामिना गर्ने अधिकार कसैलाई नभएको कुरा समेत स्मरण गराउन चाहन्छु ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved