प्राविधिक समस्या नरहेको यकिन भएपछि बुद्धको जहाजले थाल्यो उडान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 28, 2021 | 11:45:57 AM मा प्रकाशित

laxmi  sunrise bank

सोमबार ग्राउण्डेड गराइएको बुद्ध एयरको ९ एन–एएनआइ कलसाइनको जहाज आजबाट नियमित उड्न थालेको छ । सोमबार बिराटनगरमा अवतरण हुन नसकेपछि काठमाडौँ आएर लामो कसरतपछि ल्याण्ड भएको बुद्धको जहाजमा समस्या नदेखिएपछि आजबाटै नियमित उडान थालेको हो ।

उक्त जहाजमार्फत बुद्धले मंगलबार बिहानैदेखि नियमित उडान सुरु गरिसकेको छ । नागरिक उड्डयन प्राधिकरण अन्तर्गतको हवाई सुरक्षा विभाग र बुद्ध एयरको प्राविधिक टोलीले गरेको विस्तृत निरीक्षणमा जहाजमा कुनै पनि प्राविधिक गडबडी नरहेको पाईएपछि नियमित उडान सुरु गरिएको बुद्ध एयरले जनाएको छ ।

७२ सिटे उक्त जहाज हिजो अवतरणको क्रममा ल्यण्ड गेयरले काम नगरेपछि आकाशमै २ घण्टा होल्ड गर्नु परेको थियो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved