निगमले धनगढीबाट बझाङ र डोटी उडान गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 24, 2021 | 08:17:04 AM मा प्रकाशित

laxmi  sunrise bank

सुदूरपश्चिमका पहाडी जिल्लामा हवाइ यात्रुको चाप बढेपछि नेपाल वायुसेवा निगमले धनगढीबाट बझाङ परीक्षण उडान गर्ने भएको छ ।  धनगढीलाई बेस बनाएर जिल्लामा हवाइ सेवा सञ्चालन गर्नका लागि आइतबार परीक्षण उडान हुने भएको हो ।

लगातारको वर्षाका कारण सुदूरपश्चिमका पहाडी राजमार्ग अवरुद्ध भएपछि हवाइ यात्रा एकमात्र विकल्पका रूपमा रहेको छ । धनगढीबाट पहाडी जिल्लामा नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले उडानका लागि तालिका सार्वजनिक भइसकेको धनगढी विमानस्थलले जनाएको छ । धनगढी विमानस्थलका प्रमुख रामकृष्ण भट्टले आइतबार पहिलो दिन धनगढीबाट डोटीको दीपायल र दोस्रो उडान बझाङमा उडान हुने बताए । धनगढीदेखि डोटी दुई हजार ६१५ र डोटीबाट धनगढी दुई हजार ५१५ भाडादर कायम भएको छ ।

धनगढीदेखि बझाङको तीन हजार ९९५ र बझाङदेखि धनगढी तीन हजार ८९५ हवाई भाडादर कायम भएको छ । जिल्ला प्रशासन कार्यालय बझाङका अनुसार आइतबार बिहान नेपाल वायुसेवा निगमले धनगढी बझाङ उडान गर्नेछ । हवाइ भाडा सस्तो भएको हुँदा नियमित उडान गर्नुपर्ने बझाङवासीको माग छ । एउटा एयरलाइन्सले मात्र उडान गर्दा यात्रुलाई झन समस्या भइरहेको धनगढी विमानस्थलले जनाएको छ ।

असोज ३१ गते आइतबारदेखि जयपृथ्वी राजमार्ग अवरुद्ध भएपछि दसँै मनाउन घर आएका काठमाडौँ, पोखरा, धनगढी, नेपालगञ्जलगायत बाहिर जिल्लामा पढ्ने विद्यार्थी तथा कर्मचारी आफ्नो कर्मथलो फर्कन सकेका छैनन् । धनगढीबाट आउने मालबाहक गाडी, बस र कतिपय यात्रुसमेत बीचबाटोमै अलपत्र परेका नागरिक समाजका अगुवा धर्मजङ्गबहादुर सिंहले बताए । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved