निगमद्वारा काठमाडौँ-ताप्लेजुङ उडान कटौती, ४ बाट १ मा झारियो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 26, 2021 | 08:17:04 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल वायु सेवा निगमले काठमाडौँ–ताप्लेजुङको उडान कटौती गरेको छ । जिल्लाको सुकेटार विमानस्थलमा प्रत्येक साताको चार दिन नियमित हुने गरेको उडान निगमले कटौती गरेको हो ।

निगमले तीन उडान कटौती गरेको नेपाल वायुसेवा निगम सुकेटर स्टेशन इञ्चार्ज लोकन्द्र लिम्बूले बताए । उनले भने , “अब साताको एकदिन बुधबार मात्र उडान हुने निगमको केन्द्रीय कार्यालयबाट निर्देशन आएको छ ।” यसअघि साताको सोमबार, बुधबार, शुक्रबार र शनिबार गरी चार दिन उडान हुँदै आएको थियो ।

निगमले उडान कटौती गरेसँगै आइतबार र सोमबारको उडान नभएपछि टिकट काटेका करिब ७० जना यात्रु अलपत्र परेको ताप्लेजुङ वायुसेवा निगमको कार्यालयले जनाएको छ । जिल्लास्थित स्टेशन इञ्चार्ज लिम्बूले भने , “पहिलेको उडान सेड्युल (तालिका)अनुसार यात्रुलाई टिकट बिक्री गरियो, केन्द्रले उडान कटौती गरेसँगै जहाज नआएपछि यात्रु अलपत्र परेका हुन् ।” कतिपय जरुरी यात्रा गर्नुपर्ने यात्रुले टिकट फिर्ता गरेका र केहीले आउँदो उडान पर्खने भएको पनि उनले जानकारी दिए ।

यता यात्रुको चाप भइरहने जिल्लाको उडान कटौती गर्नाले धेरै यात्रु हवाई सुविधाबाट वञ्चित भएका छन् । ताप्लेजुङ पूर्वको पर्यटकीय जिल्ला भएकाले पनि अधिक यात्रु हुने गरेका छन् । काठमाडौँ–ताप्लेजुङ मात्र नभई ताप्लेजुङ–विराटनगरमा उडान सञ्चालन गर्नुपर्ने माग भइरहेका बेला उडान कटौती गर्नु यात्रुलाई हवाई सेवाबाट वञ्चित गर्ने कार्य भएको जिल्लावासीले बताएका छन् । निगमको भाडा दर भने काठमाडौँ–ताप्लेजुङलाई प्रतिव्यक्ति रु सात हजार ३७० रहेको छ । सुकेटारमा नेपाल एयरलाइन्सबाहेक सीता एयरलाइन्सले हप्तामा दुई दिन काठमाडौँ–ताप्लेजुङ र कुनै बेला ताप्लेजुङ–भद्रपुर उडान गर्ने गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved