माधब–झलनाथले बनाए यौनहिंसा आरोपितलाई नेपाल एयरलाइन्सको अध्यक्ष

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 26, 2021 | 10:23:40 AM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले यौन दुराचारमा मुछिएर निलम्बित भएका निगमका कर्मचारी युवराज अधिकारीलाई नै नेपाल एयरलाइन्सको कार्यकारी अध्यक्षमा नियुक्त गरेको छ। सोमबार बसेको मन्त्रीपरिषदको बैठकले महाप्रबन्धक डिम प्रकाश पौडेलको कार्यकारी अधिकार खोसेर अधिकारीलाई कार्यकारी अध्यक्षमा नियुक्त गरेको हो।    

निगमको अर्थ विभागको निर्देशक रहँदा उनले विभाग मातहतका कर्मचारीलाई यौन हिंसा गरेको आरोप लागेको थियो ।

के थियो उजुरीमा ?

महिला कर्मचारीहरुले महिला आयोग र निगमकै तत्कालिन महाप्रवन्धक सुगतरत्न कंशाकार समक्षसमेत निवेदन दिएका थिए । उजुरीमा महिला कर्मचारीलाई कार्यालय समयमा एकान्त कोठामा बोलाउने, कति राम्री भन्ने, शरीरको संवेदनशील अंगहरुमा गलत नियतले हेर्ने र छुन खोज्ने, यौनिक हिंसाजन्य कुरा गर्ने र यौनिक क्रियाकलाप गर्न खोज्ने उल्लेख गरेका थिए ।

‘विदेश घुम्न जाउँ, मसँग रमाइलो गरौं, मोज गर्नुपर्छ, छोराछोरी तथा श्रीमान नलिइकन हिँड, तिमी बच्चा जन्माइरहने होला, यसले गर्दा तिमी पछाडी पर्यौ भन्दै मानसिक यातना दिएको र हाम्रो आत्मसम्मानमा गम्भीर चोट पुगेको साथै कार्यस्थलमा सहज, सुरक्षित, स्वस्थ, सम्मानपूर्वक तथा मर्यादित वातावरणमा काम गर्न पाउने अधिकारको गम्भीर उल्लंघन गरेकाले निज युवराज अधिकारीलाई तुरुन्त पक्राउ गरी कारवाही गरिपाउँ’ उजुरीमा भनिएको थियो ।


मिलापत्र

महिला कर्मचारीहरुले उजुरी दिएपछि निगमका तत्कालीन महाप्रबन्ध कंशाकारले यस विषयमा दुबै पक्षलाई बोलाएर छलफल गरेका थिए । महाप्रवन्धकसँगको छलफलमा उनले माफी माग्दै आगामी दिनमा यस्ता हर्कत नगर्ने प्रतिवद्धता जनाएका थिए ।

उनले गल्ती स्वीकार गरेर माफी नै मागेपछि र अब आइन्दा गल्ती नदोहोर्याउने बचनवद्धता गरेपछि दुबै पक्षबीच महाप्रवन्धक कंशाकारको रोहबरमा मिलापत्र गराईएको थियो।

झलनाथको दबाबमा अध्यक्ष

कार्तिक ८ गते सोमबारको क्याबिनेटले उनै यौनदुराचारी अधिकारीलाई निगमको कार्यकारी अध्यक्ष बनाएको छ । यसका लागि नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले दबाब दिएको पाईएको छ।

झलनाथको दबाबमा पर्यटनमन्त्री प्रेम आलेले मन्त्रिपरिषदमा लगेको प्रस्ताव मन्त्रिपरिषदले सदर गर्दै यौनदुराचारीको आरोप लागेको मात्रै नभई गल्ती स्वीकार गरेर माफी मागेका युवराज अधिकारीलाई कार्यकारी अध्यक्ष बनाईएको हो।

यसअघि पर्यटन मन्त्रालय आफ्नो पार्टीले पाउने पक्का भएपछि यस मन्त्रालय मातहतका निकायमा नियुक्ति नगर्न भन्दै नेकपा एसका अध्यक्ष माधब नेपालले निगममा अध्यक्ष नियुक्त गर्न दिएका थिएनन् । जसका कारण निगमले अहिलेसम्म बजेट नै ल्याउन सकेको छैन ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved