महानिर्देशक क्षेत्रीले सम्हाले जिम्मेवारी, यस्ता छन् उनका योजना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 26, 2021 | 04:39:03 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल नागरिक उड्डयन प्राधिकरणका नवनियुक्त महानिर्देशकमा राजकुमार क्षेत्रीले पदभार सम्हालेका छन् । पदभार सम्हालेसँगै उनले गौतम बुद्ध विमानस्थलबाट अन्तराष्ट्रिय उडान सुरु गर्ने लक्ष्य रहेको बताएका छन् । 

सोमबारको मन्त्रिपरिषद बैठकले प्राधिकरणको महानिर्देशकमा नियुक्त गरेपछि आज मंगलबार जिम्मेवारी सम्हाल्दै क्षेत्रीले छोटो अवधिका लागि क्यानको नेतृत्वमा आएको र आफ्नो कार्यकालमा गौतमबुद्ध विमानस्थलबाट उडान गर्ने लक्ष्य रहेको बताएका हुन् । 

‘म प्राधिकरणको कामुको जिम्मेवारीमा आएपछि हामीले भारतसँग क्यालिब्रेसन फ्लाइट गर्ने विषयमा निर्णय गरिसकेका छौँ’ उनले भने, ‘अब चाँडै गौतमबुद्ध विमानस्थलमा परीक्षण उडान गर्छौ र अन्तराष्ट्रिय उडान नियमित गर्छौँ ।’

सँगै पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल निर्माणको कामलाई तीव्रता दिईने आफ्नो लक्ष्य रहेको उनको भनाई छ ।

तत्कालीन महानिर्देशक राजन पोखरेलले अवकाश पाएपछि उपमहानिर्देशक रहेका क्षेत्री प्राधिकरणको निमित्त महानिर्देशकको जिम्मेवारीमा थिए । उनलाई पर्यटन मन्त्रालयको सिफारिसमा सोमबारको मन्त्रिपरिषदले महानिर्देशकमा नियुक्त गरेको हो ।

३४ वर्ष हवाइ उड्ययनको क्षेत्रमा काम गरेका क्षेत्री आगामी पौषसम्म मात्रै महानिर्देशकका रुपमा कार्यरत रहने छन् । प्राधिकरणको उपमहानिर्देशक हुनु अघि उनी त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको महाप्रबन्धक थिए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved