८ वटा जहाज किन्दै बुद्ध एयर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 21, 2021 | 12:56:58 PM मा प्रकाशित

laxmi  sunrise bank

निजी क्षेत्रको वायुसेवा प्रदायक बुद्ध एयरले ८ वटा नयाँ जहाज थप्ने भएको छ । दुर्गमका गन्तव्यमा उडान गर्न बुद्धले नयाँ जहाज थप गर्न लागेको हो ।

सन् २०२३ को सुरुबाटै नयाँ जहाजबाट उडान गर्ने गरी ८ वटा अत्याधुनिक जहाज थप गर्न लागिएको जनाएको छ । नयाँ जहाज खरिदका लागि कम्पनीले ट्वीनअटर जहाज निर्माता कम्पनीसँग छलफल गरिएको पनि बताईएको छ । 

अहिले पर्यटकीय र मुख्य शहरमा मात्रै उडान गरिरहेको बुद्ध एयरले नयाँ जहाज थप गरेर दुर्गमका गन्तव्यमा उडान गर्ने छ । पूर्वी क्षेत्रका गन्तव्यमा उडान गर्न बुद्धले रामेछापको मन्थली विमानस्थललाई हब बनाउँदैछ । 

पश्चिममा उडान गर्न पोखरा तथा कर्णाली र सुदूरपश्चिममा उडान गर्न नेपालगञ्ज विमानस्थललाई हब बनाउने योजनामा बुद्ध एयर छ । 

बुद्ध २०२४ मा २ वटा, क्रमश २०२५ मा पनि २ र २०२६ मा पनि २ वटा जहाज थप्ने योजना बनाएको छ । पहिलो लटमा सन्२२ भित्रै २ वटा जहाज ल्याउने योजना कम्पनीको छ । 

हाल बुद्ध एयरसँग १० एटीआर ७२, ३ वटा एटीआर ४२ र २ वटा ब्रिचक्राफ्ट जहाज छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved