प्लेन उडाउँदा उडाउँदै पाइलटको ‘ड्यूटी’ सकिएपछि रुकुम उडेको प्लेन नेपालगञ्ज पुग्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 23, 2021 | 11:14:49 AM मा प्रकाशित

laxmi  sunrise bank

आकाशमा प्लेन उडाउँदा उडाउँदै पाइलटको ड्यूटी सकियो । के अब पाइलटले जहाजलाई गन्तव्यमा नपुर्याउने ?

घटना सोमबारको हो । काठमाडौँस्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट नेपाल एयरलाइन्सको ट्वीनअटर विमान रुकुमको चौरजहारी विमानस्थल उड्दै थियो । अपरान्ह ३ बजेको समयमा जहाज काठमाडौँबाट छुट्ने समय तालिका थियो । जहाजमा ८ जना यात्रु थिए । 

तर, जहाज रुकुमको चौरजहारी नपुगी नेपालगञ्ज विमानस्थलमा अवतरण भयो । एयरहोस्टेजबाट जहाजमा कुनै प्राविधिक समस्या आएको पनि जानकारी भएन, र नेपालगञ्ज विमानस्थलमा अवतरण गर्दैछौ भन्ने पनि जानकारी नपाएका यात्रुहरु चाँडै चौरजहारी आईपुगियो भनेर खुशी भए । तर, विमान नेपालगञ्ज विमानस्थलमा अवतरण भएको थियो ।

चौरजहारी रुटकै बीचमा पर्ने नेपालगञ्जमै प्लेन अवतरण हुनुको कारण भने आकाशमै पाइलटको ड्यूटी सकिनु रहेको छ । जहाज उडाउँदा उडाउँदै पाइलटको ड्यूटी सकिएपछि उनले प्लेनलाई नेपालगञ्जमै अवतरण गराए । 

जहाजका पाइलट थिए पेम्बा शेर्पा । सोमबार उनको ड्यूटी बिहान ५ः३० बजे सुरु भएर अपरान्ह ४ बजेसम्म मात्रै थियो । ड्यूटी सकिने समयमा जहाज नेपालगञ्जको आकाशमाथि पुगेपछि पाइलट शेर्पाले आफ्नो ड्यूटी सकिएको भन्दै जहाजलाई नेपालगञ्ज विमानस्थलमै अवतरण गराए ।

नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले यो घटनाबारे आफूले पनि जानकारी पाएको भन्दै थप कुरा बुझ्ने काम भईरहेको बताए । पाइलटको सनकका कारण यात्रुले दुःख पाएको भन्दै आलोचना भएपनि निगम प्रशासनले थप बुझ्ने र आवश्यक निर्णय लिईने जनाएको छ ।

आफ्ना पाइलटले गन्तव्यसम्म यात्रु नपुर्याएपछि यात्रुहरुलाई नेपालगञ्जकै होटलमा राखेर मंगलबार बिहान रुकुमको चौरजहारी पुर्याइसकिएको निगम स्रोत बताउँछ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved