नेपाल वायुसेवालाई कालोसूचीबाट हटाउन ईयुलाई मन्त्री आलेको आग्रह

बिजपाटी सम्बाददाता

बिजपाटी सम्बाददाता

Nov 23, 2021 | 10:26:32 PM मा प्रकाशित

laxmi bank

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपाल वायुसेवा निगमलाई कालोसूचीबाट हटाउन आग्रह गरेका छन् । युरोपियन युनियनका नायब प्रबन्ध निर्देशक पाओला पम्पालोनीसँग आज मन्त्रालयमा भएको शिष्टाचार भेटवार्ताका क्रममा मन्त्री आलेले युरोपियन युनियनले नेपाल वायुसेवा निगमलाई कालोसूचीमा राखेकाले हटाइदिन आग्रह गरेका हुन् ।

मन्त्री आलेको आग्रहपछि निर्देशक पम्पोलिनीले नेपाल वायुसेवालाई कालोसूचीबाट हटाउने विषयमा युरोपियन युनियन सकारात्मक रहेको बताईन्। उनले भनिन्, “वायुसेवा निगमलाई कालोसूचीबाट हटाउन सकारात्मक कुरो सुरु भएको छ, कालोसूचीबाट हट्ने छ ।”

उक्त छलफका क्रममा दुई पक्षीय सहयोगका विभिन्न विषयमा छलफल भएको थियो । नेपाल–युरोपेली सङ्घ संयुक्त आयोगको तेह्रौँ बैठकमा भाग लिन तीन सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गत शनिबारदेखि उहाँ काठमाडौँमा छन्।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved