मौसमका कारण काठमाडौँ एयरपोर्टबाट हुने उडान प्रभावित, टर्मिनलमा यात्रु खचाखच

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 25, 2021 | 09:02:30 AM मा प्रकाशित

laxmi  sunrise bank

मौसमका कारण आन्तरिक उडान प्रभावित भएको छ । तुवाँलो र हुस्सुले भिजिबिलिटी कम गराउँदा आन्तरिक उडान प्रभावित भएको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलले जनाएको छ । 

आकाश राम्रोसँग नखुल्दा आन्तरिक उडान प्रभावित भएका हुन् । काठमाडौँ विमानस्थलको आन्तरिक टर्मिनलमा अहिले यात्रुहरुको चाप छ । विराटनगर, भरतपुर, भोजपुर, दाङ, राजविराज, सुर्खेत, धनगढी लगायतका आन्तरिक गन्तव्यको उडान हुन सकेको छैन ।

मौसमविदले भने अहिले भिजिबिलिटी १५ सय मिटरमा झरेको बताएका छन् । आन्तरिक उडानका लागि भिजिबिलिटी ३ हजार मिटरभन्दा बढी हुनुपर्छ ।

आन्तरिक उडान प्रभावित भए पनि अन्तराष्ट्रिय उडानमा भने कुनै समस्या नरहेको कार्यालयले जनाएको छ ।

तस्बिरः पत्रकार अर्जुन पाख्रिन

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved