परीक्षण उडानको मुखैमा अर्थमन्त्रीले रोके गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलको काम

निरोज कुमार थापा

निरोज कुमार थापा

Jan 30, 2022 | 04:33:57 PM मा प्रकाशित

laxmi  sunrise bank

अर्थ मन्त्रालयले पहिलो चरणको निर्माण सकिएर परीक्षण उडानको मुखैमा गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलको दोस्रो चरणको काम रोकेको छ । पहिलो चरणको काम सकिएको र अब सञ्चालनमा नआएसम्म दोस्रो चरणको काम नगर्ने भन्दै अर्थले भैरहवास्थित गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलको स्तरोन्नति रोकेको हो ।

विष्णु पौडेलको त्यो पूर्वसूचना

एमाले उपाध्यक्ष विष्णु पौडेलले गत पौषमा गौतमबुद्ध विमानस्थलको दोस्रो चरणको काम रोक्ने चलखेल भईरहेको विषय सार्वजनिक गरेका थिए । आफू अर्थमन्त्री हुँदा दोस्रो चरणको कामका लागि बजेट सुनिश्चित गरिसकेको भन्दै उनले काम रोक्न नहुने अडान राख्दै आएका छन् ।

अहिले परीक्षण उडानको तयारीका लागि थाइल्याण्डको टोली भैरहवामा छ । उसले प्राविधिक विषयको जाँच बिहिबारबाटै थालिसकेको छ । अमेरिकन टोली आउने तयारी पनि भईरहेको छ ।

तर, अन्तिम समयमा आएर दोस्रो टर्मिनल भवनका लागि अघिल्लो सरकारले गरेको तयारी छोडेर काम नै रोक्न लागिएको छ । अर्थमन्त्री जनार्दन शर्माले अहिले तत्कालै काम नगर्दा पनि हुने भएर काम रोकेको स्रोत बताउँछ ।

विष्णु पौडेल पौडेल अर्थमन्त्री हुँदा गत जेठ १५ गते उनले प्रस्तुत गरेको बजेटमार्फत चालु आर्थिक वर्षमा गौतमबुद्ध विमानस्थलको दोस्रो टर्मिनल भवन निर्माणका लागि ३ अर्ब ५४ करोड विनियोजन गरिएको थियो ।

डिजाइनमा त्रुटि भयो, अनि रोकियो

गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा दोस्रो टर्मिनल भवन (टी २), एप्रोन लगायतका पूर्वाधारको कामलाई दोस्रो चरण भनिएको छ । तर, नेपाल नागरिक उड्डयन प्राधिकरण स्रोत भने दोस्रो चरणको डिजाइनमा त्रुटि देखिएकाले अर्थले काम रोक्न भनेको बताउँछ ।

तर, काम सुरु गर्ने समयमा त्रुटिको हवाला दिँदै काम रोक्नुको पछाडी गलत नियम र मनशाय देखिएको प्राधिकरणकै अधिकारीहरु बताउँछन् । 

लगानी गर्न एडीबी तयार

अर्थमन्त्री शर्माले मौखिक निर्देशनमा स्रोत सुनिश्चित भएको भनेपनि दोस्रो चरणको कामका लागि एसियाली विकास बैंक (एडीबी) ७ अर्ब लगानी गर्न तयार थियो ।

२०७५ मा प्राधिकरणले अहिले बनेको १५ हजार वर्ग मिटरको टर्मिनल भवनबाट अन्तराष्ट्रिय उडानको व्यवस्थापन गर्न असजिलो हुने भन्दै नयाँ टर्मिनल भवन आवश्यक रहेको निष्कर्ष निकालेको थियो । सोही निष्कर्षका आधारमा अर्थले विमानस्थलको दोस्रो चरणको काममा सहयोग गर्न एडीबीसँग आग्रह गरेको थियो । एडीबीले ६४ मिलियन डलर (७ अर्ब ६३ करोड नेपाली रुपैयाँ) लगानी गर्ने सम्झौता पनि गरेको छ । 

विमानस्थलको निर्माणको काम सक्न लाग्ने कुल लागत ११ अर्ब ५७ करोड मध्ये एडीबीले ७ अर्ब खर्च गर्ने र बाँकी करिब ४ अर्ब नेपालले खर्च गर्नेगरी सम्झौता भएको थियो ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved