बरिष्ठलाई पन्छाएर मन्त्री आलेले बनाए ‘कनिष्ठ’लाई क्यानको महानिर्देशक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 02, 2022 | 12:17:15 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा बरिष्ठलाई पाखा लगाएर कनिष्ठलाई नियुक्त गरिएको छ । पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेम आलेको प्रस्तावमा सोमबारको मन्त्रिपरिषद बैठकले ११ औँ तहका प्रदीप अधिकारीलाई क्यानको महानिर्देशकमा नियुक्त गरेको हो । 

मंगलबार सार्वजनिक भएको मन्त्रिपरिषद्को निर्णयमा प्राधिकरणको महानिर्देशक नियुक्तिबारे कुनै विषय उल्लेख भनेको छैन । तर, अधिकारीलाई नियुक्त गरिसकिएको र कनिष्ठलाई हाकिम बनाएको भन्दै विवाद आउने देखेर मन्त्री आलेले सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई यो निर्णय सार्वजनिक नगरिदिन अनुरोध गरेको स्रोतको दाबी छ । 

पौष २५ गतेदेखि क्यानमा महानिर्देशक पद खाली थियो । 

१२ औं तहका ६ जना अधिकारीहरुलाई पाखा लगाउँदै आलेले ११ औं तहका अधिकारीको नाम मन्त्रिपरिषदमा सिफारिस गरेर निर्णय पनि गराउन सफल भएका हुन् । मन्त्री आले आफैँले प्राधिकरणको बोर्ड बैठकमा अधिकारी महानिर्देशकमा नियुक्ति भएको विषयमा जानकारी गराएको स्रोत बताउँछ । 

आज बुधबार सार्वजनिक बिदा भएकाले अधिकारीले बिहिबार मन्त्रालयबाट नियुक्तिको चिठी बुझ्ने छन् । 

क्यानमा १२औँ तहका भोलाप्रसाद गुरागाईं, प्रतापबहादुर तिवारी, हंशराज पाण्डेय, देवचन्द्रलाल कर्ण, गोविन्दप्रसाद दाहाल र प्रेमनाथ ठाकुर थिए । ठाकुरले निमित्त महानिर्देशकको जिम्मेवारी पनि सम्हालेका थिए । तर, बरिष्ठताका आधारमा प्रतापबहादुर तिवारी महानिर्देशक बन्नुपर्ने थियो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved