मन्त्री आले र निगमका अध्यक्ष अधिकारीबीच ‘टसल’ सुरु, विवाद छताछुल्ल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 26, 2022 | 03:16:38 PM मा प्रकाशित

laxmi  sunrise bank

पर्यटनमन्त्री प्रेम आले र नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी बीचको सम्बन्ध चिसिएको छ । साउदी अरबको रियादका लागि निगमले गरेको पहिलो उडानमा जम्बो टोली लगेको भन्दै आलेले अध्यक्ष अधिकारीसँग सार्वजनिक रुपमै असन्तुष्टि जनाएका हुन् ।

पहिलो उडानमै २२ जनालाई निःशुल्क लगेको भन्दै मन्त्री आलेले अध्यक्ष अधिकारीलाई नै स्पष्टीकरण सोधेका छन् । निगमले गत शुक्रबारदेखि रियादमा नियमित उडान थालेको थियो । 

पहिलो उडानमा निगमले २२ जनालाई सित्तैमा लगेको थियो । उडानमा नेतादेखि व्यापारी र सेलिब्रेटीसम्म थिए । एमाले नेता महेश बस्नेत, उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, टेलिभिजनकर्मी भूषण दाहाल, गायक दीप श्रेष्ठलगायत थिए ।

‘जम्बो टोलीलाई निःशुल्क घुमाउनुपर्ने र निगमको ट्वीनअटर जहाज चार्टर उडानका लागि निजी कम्पनीलाई किन दिएको’ भन्दै मन्त्री आलेले अध्यक्ष अधिकारीलाई स्पष्टीकरण सोधेका हुन् । 

‘आन्तरिक उडान गर्दै आएको निगमको ट्वीनअटर जहाज निजी कम्पनीलाई दिन लागिएको भन्ने जानकारी आएको छ, विकट गन्तव्यमा सेवा दिँदै आएको जहाज निजी क्षेत्रलाई किन दिन लागियो भनेर स्पष्टीकरण मागिएको छ’ मन्त्री आलेका स्वकिय सचिव हेमन्थ रेग्मीले भने, ‘शुक्रबारबाट सुरु भएको रियादको पहिलो उडानमा अनावश्यक रुपमा मान्छे लगिएको विषयमा पनि स्पष्टीकरण मागिएको छ ।’

अध्यक्ष अधिकारीलाई मन्त्री आलेले १ हप्ताभित्र स्पष्टीकरण बुझाउन निर्देशन दिएका छन् । 

रियाद उडानमा सुरुवाती भाडादर ३७ हजार रुपैयाँ निर्धारण गरिएको छ । सुरुवाती भाडा अनुसार २२ जनालाई सित्तैमा लैजाँदा ओहोर दोहोर गरी १६ लाख २८ हजार रुपैयाँ निगमले गुमाएको छ । 

निगमले साउदीमा नियमित उडानका लागि गत फागुन २२ गते अनुमति पाएको थियो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved