जजीराका ‘भाइस प्रेजिडेन्ट’ भन्छन्, ‘भैरहवालाई होलिडे डेस्टिनेशन बनाउँछौँ’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 18, 2022 | 04:35:30 PM मा प्रकाशित

laxmi  sunrise bank

जेठ २ गतेबाट भैरहवास्थित गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलबाट हवाई उडान सुरु गरेको जजीरा एयरवेजका भाइस प्रेजिडेन्ट (उपाध्यक्ष)ले भैरहवा क्षेत्रलाई विदेशी पर्यटकले बिदा मनाउन आउने गन्तव्यका रुपमा विकास गर्ने दाबी गरेका छन् । 

जजीरा एयरवेजका भाइस प्रेजिडेन्ट रविन्द्रन भाराथनले नेपाललाई विदेशी पर्यटकको होलिडे डेस्टिनेशन बनाउने लक्ष्यमा जजीरा एयरलाइन्स रहेको बताएका हुन् । जेठ २ गते भैरहवामा पहिलो जहाज अवतरणपछि आज बुधबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा उनले विदेशी पर्यटक काठमाडौँ नआई अब सिँधै भैरहवा र लुम्बिनी क्षेत्र पुग्न सक्ने बताएका हुन् । 

भगवान गौतमबुद्धको जन्मजयन्तीका अवसरमा बुद्धभूमीमा जजीरा एयरको जहाज अवतरण हुनु आफूहरुका लागि हर्षको क्षण भएको पनि बताएका छन् । उनले चाँडै भैरहवाबाट दैनिक उडान गर्ने लक्ष्य रहेको पनि सुनाएका छन् । 

‘यो सेवाले भगवान बुद्धको जन्मभूमी लुम्बिनीमा सिँधै विदेशी पर्यटक आउन सक्ने वातावरण बनेको छ’ भाराथनले भने ।

पत्रकार सम्मेलनमा आरआर ग्रुप कफ कम्पनीज्को भगीनी संस्था सोसाईटी इन्टरनेशनल ट्राभल सर्भिसेजका अध्यक्ष रवीचन्द्र सिंहले भैरहवा विमानस्थल सञ्चालनमा आएर नियमित उडान सुरु भएकाले यसले देशको आर्थिक विकासमा महत्वपूर्ण भूमीका निर्वाह गर्ने बताए । उनले भैरहवा विमानस्थले पश्चिम नेपालमा ठूलो आर्थिक विकासमा योगदान दिने र अन्तराष्ट्रियसहित आन्तरिक पर्यटन प्रवद्र्धनमा पनि सघाउने बताएका छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved