सिन्धुलीमा एयरपोर्ट बनाउने प्रक्रिया सुरु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 14, 2022 | 12:50:10 PM मा प्रकाशित

laxmi  sunrise bank

सिन्धुलीमा आन्तरिक विमानस्थल बन्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान० ले सिन्धुलीको कमलामाई नगरपालिकामा आन्तरिक विमानस्थल बनाउने प्रक्रिया सुरु गरेको हो ।

क्यानले विमानस्थल निर्माणका लागि वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट तयार पार्ने भएको छ । वातावरणीय प्रभाव मुल्यांकन प्रतिवेदन तयारीका लागि क्षेत्र निर्धारण सम्बन्धी सार्वजनिक सूचना जारी गरिएको छ ।

कमलामाई नगरपालिकाको ८ नम्बर र १० नम्बर वडाको बाघमारा सिस्नेरीमा ‘सिन्धुली कमलामाई विमानस्थल आयोजना’को लागि सार्वजनिक सूचना प्रकाशित भएको छ ।

यो विमानस्थलको रनवे ३० मिटर चौडाई र १६ सय मिटर लम्बाईको हुनेछ । ट्याक्सी वे केन्द्रीय ८० मिटर लामो, ४३१ मिटर समानान्तर ट्याक्सी वे र ८० मिटर लामो एप्रोन बन्नेछ ।

विमानस्थल ४५‍‌।५ हेक्टर क्षेत्रफलमा बन्नेछ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved