मन्त्री आलेको सचिवालयले भन्यो, ‘नेपाल एयरलाइन्समा अध्यक्षले करोडौँ घोटला गरे’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 17, 2022 | 10:58:22 AM मा प्रकाशित

laxmi  sunrise bank

पर्यटनमन्त्री प्रेम आलेले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीमाथि हातपात गरेको समाचार अडियोसहित सार्वजनिक भएपछि मन्त्री आलेको सचिवालयले उल्टै अध्यक्ष अधिकारीमाथि आर्थिक अनियमितताको आरोप लगाएको छ ।

‘कमिशन’ लेनदेनमा कुरो नमिलेपछि मन्त्री आलेले अपशब्द प्रयोग गर्दै अध्यक्ष अधिकारीमाथि हातपात गरेका थिए । तर, सचिवालयले भने कमिशनको चक्कर नभई अध्यक्ष अधिकारीले करोडौँ घोटला गरेकाले मन्त्रीले प्रश्न उठाउँदा विषयान्तर गरिएको दाबी गरेको छ ।

मन्त्री आलेका स्वकीय सचिव हेमन्त रेग्मी भन्छन्, ‘नेपाल एयरलाइन्सले ८० करोडको पीएसएस बिनाप्रक्रिया आफूखुसी दिएको छ । यस विषयमा मन्त्रीले अध्यक्षलाई बारम्बार प्रश्न गर्दै आउनुभएको हो, अध्यक्ष जवाफ नदिएर पन्छिदै आउनु भएको छ । यो विषयलाई डाइभर्ट गर्न हात हाल्यो भनेर हल्ला फैलाईएको हुनुपर्छ ।’

प्यासेन्जर सर्भिस सिस्टम (पीएसएस)मा भएको अनियमितताका सम्बन्धमा अध्यक्ष अधिकारीलाई छानबिन समितिले प्रश्न गरेको भएपनि अध्यक्ष अधिकारीले जवाफ नदिएको दाबी स्वकीय सचिव हेमन्त रेग्मीको छ । अध्यक्ष अधिकारीबाट जवाफ नआएपछि मन्त्री आलेले यस विषयलाई गत हप्ता मन्त्रिपरिषदमै प्रवेश गराएका छन् ।

यद्यपी, सचिवालयले जे दाबी गरेपनि मन्त्री आलेले कर्मचारी भर्तीमा आफ्ना मान्छे नराखेको र निगमको जहाजलाई सुटुक्क भाडामा लगाउँदाको कमिशन दिन ढिलो गरेको भन्दै अध्यक्ष अधिकारीमाथि अपशब्द प्रयोग गर्दै हातपात गरेको प्रष्ट छ ।

‘के कति चाहिने हो ?’ भन्ने जस्ता शब्दले लेनदेनमा कुरा नमिलेपछि मन्त्री जाईलागेको प्रष्ट बुझ्न सकिन्छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved