मन्त्री आलेले नेपाल एयरलाइन्सका निलम्बित अध्यक्षलाई गोली हान्ने धम्की दिएपछि...

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 21, 2022 | 12:45:00 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष युवराज अधिकारीमाथि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम बहादुर आलेले गोली हान्ने धम्की दिएको खुलेको छ । मंगलबार मात्रै निलम्बनमा परेका अधिकारीले यस विषयमा प्रहरीमा उजुरी नै दिएका छन् ।

अधिकारीले जिल्ला प्रशासन कार्यालय काठमाडौँ र जिल्ला प्रहरी परिसर टेकुमा सुरक्षाको माग गर्दै  निवेदन दिएका छन् । मन्त्री आलेबाट अश्लील गालीगलौज र हातपात भोगेका अधिकारीले प्रशासन र प्रहरीमा आफैँ गएर निवेदन दिएका हुन् । निवेदनमा उनले मन्त्री आलेले गोली हान्ने सम्मको धम्की दिएको उल्लेख गरेका छन् । 

असार ३ गते पर्यटनमन्त्री आलेले अधिकारीमाथि गाली गर्दै हातपात गरेको प्रष्ट हुने अडियो बाहिरिएको थियो । उनले अधिकारीलाई आफ्नै कार्यकक्षमा बोलाएर हातपात गरेका थिए । 

यसअघिः
कमिशन दिलाउन नसकेपछि आफैँले नियुक्ति गरेका हाकिमलाई मन्त्री आलेद्वारा कुटपिट

आफूले सिफारिस गरेका ८० जना जति कार्यकर्तालाई नेपाल एयरलाइन्समा भर्ती गर्न ढिला गरेको भन्दै मन्त्री आलेले अधिकारीमाथि कुटपिट नै गरेका थिए । 

तर, मन्त्री आलेको सचिवालयले भने कुटपिट गरेको नभई नेपाल एयरलाइन्समा भईरहेको अनियमितता बारे मन्त्रीले प्रश्न गरेको र जवाफ चित्त बुझ्दो नभएपछि आवश्यक प्रक्रियामा जाने कुरा गर्दा ‘स्वर ठूलो’ सुनिएको हुन सक्ने दाबी गरेको छ ।

यो पनिः
‘८० जना कार्यकर्तालाई भर्ती गर्न नमान्दा मन्त्रीले अध्यक्षमाथि हातपात गरे’

तर, अधिकारी हाल निलम्बनमा छन् । सोमबारको मन्त्रिपरिषद्को बैठकले उनलाई निलम्बन गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद्को बैठकले अधिकारीलाई ‘तपाईलाई किन बर्खास्त नगर्ने ?’ भन्दै स्पष्टीकरण सोध्ने निर्णय पनि गरेको छ।

निवेदनः


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved