बुधबारदेखि प्लेन र हेलिकप्टर नउडाउने वायु सेवा सञ्चालक संघको घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 21, 2022 | 01:50:21 PM मा प्रकाशित

laxmi  sunrise bank

वायु सेवा सञ्चालक संघले बुधबारदेखि हवाई सेवा बन्द गर्ने घोषणा गरेको छ । 

पत्रकार सम्मेलन गर्दै संघले जहाज र हेलिकप्टरहरू काठमाडौँ बाहिर पार्किङ गर्नुपर्ने नियमको विरोधमा जहाज र हेलिकप्टर नउडाउने निर्णय गरेको हो ।

विभिन्न कम्पनीका ५५ वटा जहाज र हेलिकप्टरहरू राती काठमाडौँ बाहिरका आधार विमानस्थलमा पार्किङ गर्नुपर्ने निर्णय गरेपछि संघले जहाज हेलिकप्टर नै नउडाउने घोषणा गरेको हो । 

सरकारले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा जहाजको चाप बढ्दै गएको र क्षमताले धान्न नसकेको भन्दै काठमाडौँ बाहिरका विमानस्थलमा पार्किङ गर्न भन्दै आधार विमानस्थल तोकिदिएको थियो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved