सरकारको चेतावनीले पछि हटे वायु सेवा सञ्चालक, हवाई उडान बन्द नहुने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 22, 2022 | 07:45:56 AM मा प्रकाशित

ntc

वायु सेवा सञ्चालक संघले हवाई सेवा बन्द नगर्ने भएका छन् । बुधबारदेखि हवाई सेवा बन्द गर्ने घोषणा गरेका उनीहरुले मध्यरातको वार्तापछि सेवा बन्द नगर्न सहमत भएका हुन् । 

गृहमन्त्रालयको समन्वयमा नेपाल नागरिक उड्डयन प्राधिकरण र वायु सेवा सन्चालकहरुबीच वार्ता भएको वार्तापछि संघले उडान बन्द नगर्ने भएको हो। वार्तामा बुधबार बिहान ११ बजेदेखि उडान सुरु गर्ने र आफूहरुका मागको विषयमा छलफल पनि जारी राख्ने सहमति भएको छ। 

संघले हिजो पत्रकार सम्मेलन गर्दै जहाज र हेलिकप्टरहरू काठमाडौँ बाहिर पार्किङ गर्नुपर्ने नियमको विरोधमा जहाज र हेलिकप्टर नउडाउने निर्णय गरेको थियो । विभिन्न कम्पनीका ५५ वटा जहाज र हेलिकप्टरहरू राती काठमाडौँ बाहिरका आधार विमानस्थलमा पार्किङ गर्नुपर्ने निर्णय गरेपछि संघले जहाज हेलिकप्टर नै नउडाउने घोषणा गरेको थियो । सरकारले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा जहाजको चाप बढ्दै गएको र क्षमताले धान्न नसकेको भन्दै काठमाडौँ बाहिरका विमानस्थलमा पार्किङ गर्न भन्दै आधार विमानस्थल तोकिदिएको थियो ।

संघले उडान नगर्ने निर्णय गरेपछि नागरिक उड्डयन प्राधिकरणले  हवाई यातायात अत्यावश्यक सेवा भएको भन्दै अत्यावश्यक सेवा बन्द गर्न नपाइने र बन्द गरे पक्राउ पुर्जी जारी गर्ने चेतावनी दिएको थियो ।

प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले हवाई यातायात अत्यावश्यक सेवा भएको भन्दै अत्यावश्यक सेवा बन्द गर्न नपाइने कुरा स्मरण गराएका थिए।  मंगलबार प्राधिकरणले आयोजना गरेको पत्रकार सम्मेलनमा महानिर्देशक अधिकारीले हवाई उडान बन्द गरिए प्राधिकरण एक्सनमा उत्रिने भन्दै उल्टै चेतावनी दिएका थिए। 

त्यसपछि गृहमन्त्रालयको समन्वयमा नेपाल नागरिक उड्डयन प्राधिकरण र वायु सेवा सन्चालकहरुबीच मध्यरातमा वार्ता भएको हो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved