नेपाल वायु सेवा निगमको महाप्रबन्धकमा ज्वारचन नियुक्त

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 23, 2022 | 03:36:29 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल वायु सेवा निगमको महाप्रबन्धकमा वायुसेवाकै वरिष्ठ पाइलट दीपु ज्वारचन आज नियुक्त भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले मन्त्रीस्तरीय निर्णयबाट ज्वारचनलाई महाप्रबन्धकमा नियुक्त गरेका हुन् ।

निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी निलम्बनमा परेपछि रिक्त रहेको निगमको कार्यकारी प्रमुखको जिम्मेवारी अब ज्वारचनले सम्हाल्ने मन्त्रालयले जनाएको छ ।

निगमको अप्रेशन निर्देशक रहेका ज्वारचनले वरिष्ठ पाइलटको हैसियतमा न्यूनतम उडान गर्ने गरी जिम्मेवारी पाएको बताइएको छ । सरकारले निगमका प्रबन्ध निर्देशक डिमप्रसाद पौडेललाई निष्काशन गरिसकेको छ भने कार्यकारी अध्यक्ष अधिकारी छानबिन समिति बनेसँगै निलम्बनमा परेका छन् । पछिल्लो समय प्रशिक्षक पाइलटको जिम्मेवारीमा रहेका ज्वारचन करिब १३ वर्ष निगमको व्यवस्थापकीय जिम्मेवारीमा समेत छन् ।

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved