वायुसेवा सञ्चालक संघले भन्यो, ‘हवाई इन्धनको पनि मूल्य घटाईयोस्’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 26, 2022 | 04:38:41 PM मा प्रकाशित

ntc

नेपाल वायुसेवा सञ्चालक संघले पेट्रोल र डिजेलको मूल्य घटाउँदा पनि हवाई इन्धनको मूल्य नघटाईएकोमा ध्यानाकर्षण भएको जनाएको छ । 

संघका प्रवक्ता योगराज शर्मा कँडेलले हस्ताक्षर गरेको विज्ञप्तिमा हवाई इन्धन (आन्तरिक तथा बाह्य) को खद्रा विक्री मूल्य यथावत नै राख्ने गरी निगमबाट भएको मूल्य समायोजनप्रति ध्यानाकर्षण भएको जनाईएको छ । 

संघले अन्तर्राष्ट्रिय बजार बमोजिम भारतीय आयाल कर्पोरेशनले निगमलाई रक्सौलमा उपलब्ध गराउने करमुक्त खरिद मूल्यमा सरकारको अत्याधिक राजश्व तथा निगमको अत्याधिक नाफाका कारण नेपालमा हवाई ईन्धनको मूल्य छिमेकी मुलुकको तुलनामा निक्कै महँगो रहेको पनि संघले जनाएको छ । 

संघले हवाई संचालन खर्चको ४० प्रतिशत हिस्सा हवाई इन्धनको हुने गरेको र भारत, चीन लगायतका विभिन्न मलकहरुले हवाई ईन्धनमा ५० प्रतिशतसम्म अनुदान दिने व्यवस्था गरेको स्मरण गराउँदै नेपालमा पनि हवाई तथा पर्यटन उद्योगलाई धारासायी हुनबाट बचाउन हवाई ईन्धनको अस्वभाविक मूल्यलाई विश्व बजारको मूल्यसँग समायोजन हुनु जरुरी रहेको जनाएको छ । 

संघले हवाई इन्धनको खुद्रा मूल्यमा सरकारी राजश्व घटाएर आयल निगमले १० रुपैयाँ प्रति लिटर भन्दा बढी मुनाफा नहुने गरी हवाई इन्धनको मूल्य समायोजन गर्न माग गरेको छ ।

शनिबार बसेको नेपाल आयल निगम सञ्चालक समितको बैठकले पेट्रोलको साविकको खुद्रा विक्री मूल्यमा प्रति लिटर २० रुपैयाँले घटाएर १७९ रुपैयाँ र डिजेल तथा मट्टितेलको साविकको विक्री मूल्यमा प्रति लिटर २९ रुपैयाँले घटाएर १६३ कायम गरेको थियो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved