बालुवाटार ‘द्रव्य’ लोभमा मोहित भएपछि १८ करोड बक्यौता नतिरेको एयरलाइन्सलाई उडान अनुमति !

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 18, 2022 | 12:40:54 PM मा प्रकाशित

laxmi  sunrise bank

मलेसियाको एयर एसिया एक्सको ४९ प्रतिशत सेयर लगानी भएको थाइल्याण्डको थाई एयर एसियाले नेपालमा उडानको अनुमति पाउने पक्का भएको छ । नेपाल नागरिक उड्ययन प्राधिकरण (क्यान)ले थाई एयर एसियालाई बैंकक–काठमाडौँ–बैंकक उडान अनुमति दिने अन्तिम गृहकार्य गरिरहेको छ ।

कानुनः थाई एयर एसियालाई नेपालमा उडानको अनुमति दिन क्यान तयार छैन । किनकी, यो हवाई सेवा प्रदायक कम्पनीमा नेपाललाई १८ करोड रुपैयाँ बक्यौता तिर्न बाँकी रहेको एयर एसिया एक्सको ४९ प्रतिशत सेयर लगानी छ । तर, प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवा चुनाव अगाडी नै थाई एयर एसियालाई नेपालमा उडान अनुमति दिने तयारीमा लागेकी छिन् ।

यसका लागि उनले थाई एयर एसियाका प्रतिनिधि सुरेश नायरलाई काठमाडौँ बोलाएर ‘डिल’ पनि गरिसकेको स्रोतले दाबी गरेको छ । 

के भन्छ विमानस्थल ? 

प्राधिकरणले थाई एयर एसियालाई उडान अनुमति दिन सकिने वा नसकिने सम्बन्धमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलसँग राय मागेको थियो । विमानस्थलले अक्टोबरबाट उडान गर्न सक्ने गरी स्लट भने उपलब्ध रहेको जानकारी क्यानलाई गराएको छ ।

यसअघिः
आरजु–नायर डीलः १८ करोड बक्यौता चुक्ता नगरी थाइ एयर एसियालाई उडान अनुमति

‘स्टल छ भन्यौँ, टाइम (समय) पनि राती १२ः३० मा ल्याण्ड हुने र १ः३० मा फर्किने गरी भनेका छौँ’ विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले भने, ‘हामीले दिएको भनेको राय मात्रै हो, यो कम्पनीमा लगानी भएको भनिएको एयर एसिया एक्सको बक्यौता बाँकी छ, त्यो बक्यौता पनि यसैले तिर्नुपर्ने हो की, यसबारे निर्णय गरेर के गर्ने भन्ने कुरा क्यानले गर्ने कुरा हो । हामीले राय दिएका छौँ ।’

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलले स्लट उपलब्ध गराउन सकिने राय साउन ११ गते नै प्राधिकरणलाई दिएको हो । 

के भन्छ क्यान ?

प्रधानमन्त्री पत्नी आरजु र थाई एयर एसियाका प्रतिनिधि सुरेश नायरबीच बालुवाटारमै यसबारे कुरा भईसकेपछि क्यान जसरी पनि थाई एयर एसियालाई उडान अनुमति दिनुपर्छ भन्नेमा पुगेको स्रोतको भनाई । जुनियर कर्मचारीलाई क्यानको महानिर्देशक बनाईनुका कारणहरुमध्ये एउटा कारण यो पनि भएको स्रोतले दाबी गरेको छ ।

तर, प्राधिकरण स्रोत भने बक्यौता उडाउन पनि थाई एयर एसियालाई उडान दिनुपर्ने बाध्यता रहेको दाबी गर्छ । क्यानका प्रवक्ता जगन्नाथ निरौलाले पनि आफूहरु थाई एयर एसियालाई उडान अनुमति दिने पक्षमै रहेको र सोही अनुसार प्रक्रियागत कामहरु भईरहेको बताएका छन् । 

यो पनिः
एयर एसिया लफडाः जब प्रभु बैंकका २२ वटा चेक ‘वाउन्स’ भए...

थाइ एयर एसियाले नेपाल–थाईल्याण्ड उडान सुरु गरेपछि एयर एसिया एक्सको नाममा रहेको पूरानो बक्यौता उठाउने बाटो खुल्ने उनको दाबी छ । प्रवक्ता निरौलाले दिदी कम्पनीको पूरानो बक्यौता देखाएर भगिनी कम्पनीलाई पनि उडानको अनुमति नदिनु गलत हुने तर्क गरेका छन् । उनका अनुसार थाई एयर एसियाले बैंकक–काठमाडौँ उडान गर्दा प्रति उडान ८ लाख रुपैयाँ आम्दानी हुन्छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved