गौतम बुद्ध विमानस्थलमा उडान गर्ने कम्पनीलाई ग्राउन्ड ह्याण्डलिङ शुल्कमा ५० प्रतिशत छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 18, 2022 | 08:17:37 PM मा प्रकाशित

laxmi  sunrise bank

भैरहवा स्थित गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थलमा उडान गर्ने कम्पनीले ग्राउन्ड ह्याण्डलिङ शुल्कमा ५० प्रतिशत छुट पाउने भएका छन्। नेपाल नागरिक उड्डयन प्राधिकरणले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान गर्ने सवै वायुयानहरुलाई अर्को निर्णय नहुँदा सम्म ग्राउण्ड ह्याण्डलिङ्ग सेवा शुल्कमा ५० प्रतिशत छुट दिने व्यवस्था गर्न निर्देशन दिएको छ ।

 प्राधिकरणको आज भदौ २ गतेको निर्णयानुसार विमानस्थल सेवा शुल्क नियमावली, २०७८ को परिच्छेद २ को नियम ७ बमोजिम गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान गर्ने सवै वायुयानहरुलाई अर्को निर्णय नहुँदा सम्म ग्राउण्ड ह्याण्डलिङ्ग सेवा शुल्कमा ५०% छुट दिने व्यवस्था आजकै मितिबाट लागू गरी सोही बमोजिम सम्बन्धित वायुसेवाहरुबाट सेवा शुल्क भुक्तानी लिने व्यवस्था मिलाउन नेपाल वायुसेवा निगमलाई निर्देशन दिएको हो। नेपाल वायुसेवा निगतले उक्त  विमानस्थलको ग्राउण्ड ह्याण्डलिङ्ग ब्यबस्थापन गर्दै आएको छ । 

नेपाल सरकारको हालै प्रकाशित नेपालको पर्यटन क्षेत्र पुनरुत्थान कार्य योजना, २०७९ को वृंदा नं. ७ मा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हुने सवै अन्तर्राष्ट्रिय उडानमा Landing, parking, Navigation र Security लगायतका शुल्कमा दिईएको शत प्रतिशत छुटलाई निरन्तरता दिने र ग्राउण्ड ह्याण्डलिङ्ग शुल्कमा निश्चित प्रतिशत सम्म छुट दिइने उल्लेख गरि यस कार्यका लागि मुख्य जिम्मेवार निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणलाई तोकेको थियो । सोहि अनुसार प्राधिकरणले आज निर्देशन दिएको हो।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved