यती एयरलाइन्स २५औँ वर्षमा, १ वर्षमा १० लाख बढी यात्रुलाई सेवा

रासस

रासस

Sep 21, 2022 | 12:07:27 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालको अग्रणी वायुसेवा कम्पनी यती एयरलाइन्सको हवाई यात्रा २४ बर्ष पुरा भएको छ ।

२१ सेप्टेम्बर, १९९८ मा पहिलो उडान गरेको यती एयरलाइन्सले पहिलो उडान गरेको दिनलाई नै हरेक वर्ष बार्षिक उत्सवको रुपमा मनाउने गरेको छ । यतीले तत्कालीन हवाई बिभागबाट १९९८ को मे महिनामा कमर्सियल उडानको अनुमति पाएको थियो ।

नेपालमा हवाईसेवाको बिकासमा महत्त्वपूर्ण योगदान रहेको यस एयरलाइन्सको सुरूवात २ वटा ट्विनअटर बाट भएको थियो । २४ बर्षे यात्राको दौरानमा यो एयरलाइन्ससँग नेपालमा सबैभन्दा धेरै र धेरै प्रकारको वायुयान उडान गरेको अनुभव छ ।

२४ वर्षे यात्रा अवधिमा ४० भन्दा धेरै वायुयान नेपालमा ल्याएर उडान गरिसकेको छ । हाल ७३० जना कर्मचारी कार्यरत रहेको यस एयरले नेपालमा हवाईसेवाको लागि धेरै जनशक्ति उत्पादन गरिसकेको छ ।

यस एयरका प्राविधिक, चालकदल तथा अन्य कर्मचारीहरु हाल नेपालमा सञ्चालित सम्पुर्ण एयरलाइन्समा कार्यरत रहेको यती एयरका प्रवक्ता तथा हवाई सुरक्षा प्रमुख सुदर्शन बर्तौलाले जानकारी दिए ।

उनका अनुसार ‘यतीको २४ बर्षे यात्रा लगनशिल तथा इमान्दार कर्मचारी तथा लगानिकर्ताको संयुक्त योगदानका कारण सफल भएको हो साथै हाम्रा संस्थापक प्रबन्ध निर्देशक स्व. आङ्ग छिरिङ शेर्पाको मार्गदर्शन अविस्मरणीय रहेको छ ।’ 

१ बर्षको अवधिमा ५ वटा विमान मार्फत यस एयरलाईन्सले १५ हजार ९२५ उडान मार्फत १० लाख ५ हजार ६ सय सतहत्तर यात्रुलाई सेवा दिएको छ भने २७ हजार ६६३ बिदेशी पर्यटकलाई सेवा दिएको जनाएको छ ।

साथै १ लाख ५४ हजार २ सय सतासी कार्गो तथा कुरियर बोकेको छ । यो अवधिमा यतीको बिमान ९ हजार ४ सय ६५ घण्टा आकाशमा रहेको एयरलाईन्सले जानकारी दिएको छ ।

हालै एउटा विमान थपेको यतीसँग हाल ६ वटा एटिआर विमान रहेको छ भने यसै वर्ष एउटा विमान ल्याउने योजना छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved