भैरहवाबाट हिमालयले थाल्यो चार्टड उडान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 03, 2022 | 04:51:56 PM मा प्रकाशित

laxmi  sunrise bank

निजी क्षेत्रको हवाइसेवा प्रदायक कम्पनी हिमालय एयरलाइन्सले भैरहवास्थित गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलबाट उडान सुरु गरेको छ । कम्पनीले हाललाई गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा दैनिक व्यावसायिक चार्टड उडान थालेको हो । 

बिहीबार मलेसियाको क्वालालम्पुरबाट भैरहवा अवतरण भएको हिमालयको पी–३२० जहाज बिहीबारै पुनः क्वालालम्पुर फर्किएको हो । आज १३५ जना यात्रु बोकेर हिमालयको जहाज गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलबाट क्वालालम्पुर उडेको हो । 

हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले दैनिक चार्टड उडानलाई परीक्षणको रुपमा लिइएको र यो सफल भएपछि दैनिक तालिका बनाएरै उडान गर्ने बताएका छन् । 

ग्राउन्ड ह्यान्डन्लिङ दिने भए भैरहवाबाट उडान गर्ने बताउँदै आएको हिमालय एयरलाइन्सले चार्टड उडान सुरु गर्नुलाई अर्थपूर्ण मानिएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले पनि भैरहवा एयरपोर्टको ग्राउन्ड ह्यान्डलिङ निजी क्षेत्रको हवाइ सेवा प्रदायक कम्पनीलाई दिन सकिने संकेत गरिसकेका छन् । स्रोतले पनि हिमालय एयरलाइन्सले भैरहवा विमानस्थलको ग्राउन्ड ह्यान्डलिङको जिम्मेवारी पाउने र सोही सर्तमा उसले उडान थालेको बताएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved