भोलि चार्टर्ड फ्लाइट मात्रै हुने

रासस

रासस

Nov 19, 2022 | 09:35:18 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रतिनिधि सभा तथा प्रदेश सभा चुनावको दिन भोलि देशको आन्तरिक उडान नहुने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिकतर्फ चार्टर्ड उडान मात्रै हुने विमानस्थल कार्यालयले जनाएको छ । 

विमानस्थल कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार आइतवार तारा एअरले चार वटा चार्टर्ड उडानका लागि अनुमति लिएको छ । तारा एअरले लुक्लाबाट काठमाण्डौ पर्यटक ल्याउनका लागि चार्टर्ड उडान गर्ने जनाइएको छ ।

हेलिकप्टरको पनि केही उद्धार उडान हुने विमानस्थलले जनाएको छ । अन्तर्राष्ट्रियतर्फ भने नियमित उडान हुने विमानस्थलका प्रवक्ता सिटौलाले बताउनुभयो । आन्तरिकतर्फ ११ हेलिकप्टर कम्पनीसहित २० वायुसेवा प्रदायकले उडान सञ्चालन गर्दै आएका छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved