पोखरा अन्तराष्ट्रिय विमानस्थलमा आजबाट क्यालिब्रेसन उडान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 21, 2022 | 01:23:41 PM मा प्रकाशित

laxmi  sunrise bank

पोखरा अन्तराष्ट्रिय विमानस्थलमा आजबाट क्यालिब्रेसन उडान सुरु भएको छ । विमानस्थलमा जडान गरिएका उपकरणहरुको क्षमता परीक्षणका लागि क्यालिब्रेसन उडान सुरु भएको हो ।

एरो थाईको जहाजले क्यालिब्रेसन उडान गर्नेछ । यसका लागि एरो थाईको जहाज शनिबार नै पोखरा आइपुगेको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले यसअघि नै मंसिर ५ गतेदेखि ११ गतेसम्म पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलको यान्त्रिक परीक्षण उडान गर्ने तालिका सार्वजनिक गरिसकेको छ । 

क्यालिब्रेसन उडानको प्रतिवेदनपछि परीक्षण उडान हुनेछ । 

पोखरा विमानस्थलमा १ जनवरी २०२३ देखि व्यावसायिक उडान गर्ने तयारी भइरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved