बुद्ध एयरको सुर्खेत उडान अब ७२ सिटे जहाजबाट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 07, 2022 | 01:36:56 PM मा प्रकाशित

laxmi  sunrise bank

बुध्द एयरले आउँदो डिसेम्बर १६, २०२२ देखि काठमाडौं-सुर्खेत उडान एटीआर-७२ जहाजबाट गर्ने भएको छ। यस गाही बुध्द एयरले यस गन्तव्यमा एटीआर- ४२ जहाजबाट उडान सेवा सञ्चालन गर्दै आएकोमा अब ७२ सिटे भएको जहाजबाट गर्ने भएको हो। 

यात्रुहरुको बढ्दो माग र सुविधाका लागि यस गन्तव्यमा पनि एटिआर ७२ जहाजबाट उडान भर्न लागिएको कम्पनीले जनाएको छ । यस जहाजको उडानबाट यात्रुहरु अधिक लाभान्वित हुने बुध्द एयरले विश्वास लिएको छ ।

कम्पनीले भनेको छ 'हाल सञ्चालनमा रहेको एटिआर - ४२ उडान बाट यात्रुहरुको माग अनुरुप सिट संख्या उपलब्धता कम रहेको तथ्यलाई आत्मसात गर्दै एटिआर ७२ मार्फत उडान सञ्चालन गर्न लागेको छ । सानो जहाजको सञ्चालन खर्च उच्च हुनेहुँदा भाडादरमा यसको प्रत्यक्ष प्रभाव पारेको छ । एटीआर-७२ बाट उडान गर्दा यात्रु सिट संख्या र सञ्चालन खर्च कम हुने हुँदा यसको प्रत्यक्ष लाभान्वित यात्रुहरुले पाउनेछन् । ठूला जहाजको उडानमा कम भाडादरका सिटहरु पनि उपलब्ध हुनेछन् ।'

कम्पनीका अनुसार यस गन्तव्यमा न्यूनतम भाडादर रु. ७,००० बाट शुरु हुने र माग अनुसार दैनिक २ उडान पनि हुनेछ ।  डिसेम्बर १६, २०२२ देखि अब दैनिक बिहान १०:०० बजे काठमाडौँबाट सुर्खेत र ११:३५ बजे सुर्खेतबाट काठमाडौँको तालिका बुध्द एयरले जारी गरेको छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved