आफ्नो देशको विमानस्थल चलाउन भारतको अनुमति लिनुपर्ने बाध्यता कसरी आइलाग्यो ?

निरोज कुमार थापा

निरोज कुमार थापा

Jan 02, 2023 | 02:33:15 PM मा प्रकाशित

laxmi  sunrise bank

८ महिना अगाडी उद्घाटन भएको भैरहवास्थित गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल अहिले सुनसान छ । हिजो आइतबार पोखरामा निर्माण सकिएको क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल तामझामका साथ उद्घाटन भइरहँदा ८ महिना अगाडी त्यसैगरी झकिझकाउँका साथ उद्घाटन गरिएको गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा भने सन्नाटा छाइरहेको थियो ।

गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलबाट डिसेम्बर २० तारिखदेखि उडान भइरहेको छैन । तत्कालिन पर्यटनमन्त्री प्रेम आलेको सनक र नेपाल नागरिक उड्ययन प्राधिकरण (क्यान)का महानिर्देशक प्रदीप अधिकारीको ‘स्टन्ट’ले व्यवसायिक योजना बिना नै सञ्चालन थालिएको गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलको सञ्चालन खर्च करोडौँ रुपैयाँ छ । उडान शून्य हुँदा पनि एयरपोर्ट २४सैँ घण्टा खुला राखेर सञ्चालन खर्च बढाइएको छ ।

जजीराले किन रोक्यो उडान ?

भैरहवास्थित गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि कुवेतको जजीरा एयरवेजले उडान गर्दै आएको थियो । सुरुमा हप्तामा ३ उडान गरेको यो हवाइ सेवा प्रदायक कम्पनीले दशैँको समयमा केही दिन दैनिक उडान पनि गर्यो । त्यसपछि पुनः हप्तामा ३ दिन (शनिबार, मंगलबार र बिहीबार) मात्रै उडान गर्दै आएको थियो ।

उद्घाटन पश्चात जजीराले कुल  १५४ उडान/अवतरण गर्यो । यसबाट ३१ हजार ६ सय यात्रुले सेवा पाए ।

तर, अहिले जजीराले आफ्ना सबै उडान काठमाडौँ सारेको छ । उडान र अवतरणमा समस्या देखाउँदै जजीराले आफ्ना उडान काठमाडौँ सारेपछि ३० अर्ब रुपैयाँ लागतमा निर्माण सकिएको भैरहवा एयरपोर्टमा सन्नाटा छाएको छ ।

यसअघिः
यसकारण बन्द हुन सक्छ गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलबाट जजीराको उडान

बाक्लो हुस्सुका कारण प्राविधिक समस्या परेकाले जजीराले आफ्ना उडान काठमाडौँ सारेको विमानस्थल स्रोत बताउँछ । बिहान जजीराको जहाज अवतरण गर्ने समयमा विमानस्थलमा बाक्लो हुस्सु लागेर अवतरणमा समस्या आउँदा जहाजलाई पटक पटक भारतको लखनउ विमानस्थलमा डाइभर्ट गर्नु परेपछि कम्पनीले उडान काठमाडौँ सारेको विमानस्थल स्रोतले दाबी गरेको छ ।

हिमालयले चार्टड फ्लाइट पनि रोक्यो

क्यानले काठमाडौँबाट हुने ३ अन्तराष्ट्रिय उडान बराबर भैरहवाबाट १ उडान गर्नुपर्ने गरी वायुसेवा प्रदायक कम्पनीका नाममा उर्दी जारी गर्यो । क्यानको यो निर्देशन वायुसेवा प्रदायक कम्पनीहरुले मानेनन् । त्यसपछि क्यानले नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सको काठमाडौँबाट हुने उडान तालिका नै स्वीकृत गरिदिएन ।

तर, अन्तिममा सेल्फ ग्राउन्ड ह्यान्डिलिङ पाउने सर्तमा कार्तिक १७ गतेबाट हिमालय एयरलाइन्सले भैरहवाबाट मलेसिया चार्टड उडान सुरु गयो । केही दिन उडान गरेपनि हिमालयले नियमित उडान गरेन । 

यता, प्राधिकरणले काठमाडौँ विमानस्थलमा हिमालयले पाउँदै आएको सेल्फ ग्राउन्ड ह्यान्डलिङको सुविधा पनि खोसिदियो । अहिले प्राधिकरण र हिमालय एयरलाइन्सबीच विवाद छ ।

क्यानको लापरबाहीले तनाव

भिजिबिलीटी कम हुँदा पनि उडान र अवतरणमा समस्या नहोस् भनेर यो विमानस्थलमा १ अर्ब खर्चेर इन्स्ट्रुमेन्टल ल्यान्डिङ सिस्टम (आईएलएस) जडान गरिएको छ । तर, क्यानकै लापरबाही र असावधानीका कारण यो उपकरणको रेडियो डेटा (फ्रिक्वेन्सी) प्रवाह हुने एरियामा भारतको पनि केही भू–भाग पर्न गयो । 

यो पनिः
गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा कुवेतबाट आयो पहिलो अन्तराष्ट्रिय विमान

भारतीय भूमी पनि कभरेज एरियामा परेपछि यो प्रणाली सञ्चालन गर्न भारतले पनि स्वीकृति दिनुपर्ने अवस्था आइपरेको छ । तर, नेपाल सरकारले पटक–पटक पत्राचार गरेपनि भारतले कुनै जवाफ दिएको छैन । 

व्यवसायीको सय अर्ब लगानी जोखिममा

यहीँ विमानस्थललाई लक्षित गरेर निजी क्षेत्रले भैरहवा नजिकै सय अर्ब बढी लगानी गरेका छन् । आफूहरुको लगानी पनि खेर जाने जोखिम बढेको भन्दै व्यवसायीहरुले गौतमबुद्ध विमानस्थल सञ्चालनको माग गर्दै आएका छन् ।

यो पनिः

ग्राउण्ड ह्याण्डलिङ खोसिएपछि हिमालय एयरलाइन्स तनावमा, ५० करोड क्षतिपूर्ति माग्दै अदालत जाने चेतावनी

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved